वायुसेवा निगमलाई विश्वसनीयता कायम गर्न निर्देशन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले कुनै पनि विमान कम्पनीको सम्पत्ति भनेको नियमितता र विश्वसनीयता हो भन्नु हुँदै यस पक्षमा नेपाल वायुसेवा निगमले विशेष ध्यान दिई समयमा उडान गर्ने परम्परा बसाल्न निर्देशन दिनुभएको छ । निगममा मंगलबार भएको उच्च पदाधिकारीसँगको छलफलमा उहाँले सो सुझाव दिनु भएको हो ।

उहँँले संस्थाको संरचनालाई के गर्दा प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा सक्रिय रहँदै निगमसँग आबद्ध व्यक्तिले सकारात्मक सन्देशद्वारा दरिलो जवाफ दिन पनि आह्वान गर्नुभयो । मन्त्री अधिकारीले भविष्यका कार्ययोजना बनाई त्यसलाई सफलतातर्फ लगेमा संस्था र आबद्ध व्यक्तिको हित सुरक्षित रहन्छ भन्नु हुँदै अनावश्यक हल्लाको पछि नलागी आफ्नो दायित्व निर्वाह गर्दै समय सापेक्ष परिवर्तन देखाउनुपर्छ, जुन असम्भव छैन भन्नुभयो ।

संस्थाको उत्साह बढाउने आफ्नो उद्देश्य भएको र आशा मारेर होइन काम गरे गन्तव्यमा पुगिन्छ भन्ने आशावादी सोचका साथ अघि बढ्न पनि उहाँले आग्रह गर्नुभयो ।

त्यस क्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगम भविष्यको कार्ययोजना बनाई अघि बढ्ने लक्ष्य र व्यवस्थापन सुधारसहित निगमसँग भएका विमानको पँर्ण उपयोग गर्नेतर्फ सक्रिय छ भन्नुभयो । उहँँले भएका साधनको अधिकतम् उपभोग गर्नेतर्फ निगम सक्रिय छ र प्राविधिक मर्मत सम्भारमा सुधार गरी विमानलाई भँमिस्थ हुन नदिन त्यसै अनुसार कार्यनीति बनाएको बताउनुभयो । उहाँले आगामी ३ महिनासम्ममा सबै विमानलाई नियमित उडानमा लगाइने र लामो गन्तव्यमा पनि सेवा थपिने बताउनुभयो ।