ज्ञान कोदोको पिठो बजारमा

0
Shares

काठमाडौं, (नेस)
ज्ञान ब्रान्डका विभिन्न खाद्यपदार्थहरू ज्ञान मैदा, ज्ञान आटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती चामल उत्पादन गर्दै आएको के एल दुगड समूहले ज्ञान कोदोको पिठो बजारमा ल्याएको छ ।

दुगड समँहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो २ वर्ष अगाडि बजारमा ल्याएको थियो । बजारको मागलाई ध्यानमा राख्दै सो समँहले ज्ञान कोदोको पिठो १ किलो प्याकमा बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

ज्ञान कोदोको पिठो उत्पादनको लागि आफ्नै मिलमा उच्च गुणस्तरयुक्त अत्याधुनिक तथा स्वचालित कारखानामा स्वच्छ वातावरणमा उत्पादन गरिने कम्पनीको भनाइ छ ।