जगदम्बा कक्रिटोको प्रिभ्यूको मिट सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
नेपालको जगदम्बा गु्रप्र र हार्डवेयरको बृहत् सञ्जाल भएको राजेश हार्डवेयरको संयुक्त लगानीमा वीरगन्जस्थित जगदम्बा कंक्रिटो उद्योगले नेपालमा युरोपियन प्रविधि अर्थात जर्मनी र बेलायती इन्जिनियरिङ प्रयोग गरी विविध प्रिकाष्ट वस्त उत्पादन गर्दै आइरहेको छ ।

यस उद्योगले ब्लक्स्, ब्रिक्स, फ्ल्याक, टायल्स्लगायतका सामान उत्पादन गर्दै आएको छ । हालै कम्पनीले शहरी विकास मन्त्री मोहमद इस्तियाक राईको प्रमुख आतिथ्यमा जगदम्बा कंक्रिटो प्रिभ्यँ मिट आयोजना गरेको छ । उक्त कार्यक्रममा मन्त्री राईले यस किसिमका वस्तुको प्रयोगले नेपाल वातावरणमैत्री हुनुका साथै विश्वस्तरीय संरचना बन्ने हुँदा लगानीको कुल लागतमा पनि बचत हुने भएकाले सम्पँर्ण सरकारी प्रयोजनामा यस किसिमका वस्तु प्रयोग गर्नुपनेमा जोड दिनुभयो ।

त्यस्तै स्क्याप नेपालका अध्यक्ष राजेश थापा, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि मन्तव्य राख्दै यस्ता खालका उत्पादनले संरचनालाई आधुनिक बनाउने र नेपालको रेमिट्यान्स बाहिर जान रोक्न समेत मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा कम्पनीका तर्फबाट, कम्पनीका निर्देशक सुशील शर्माले यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्दै जाने र आम उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवाद्वारा लाभान्वित गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।