तमोर नदीमा व्यावसायिक ¥याफटिङ

0
Shares

गणेश साम्पाङ, पाँचथर
आन्तिरक तथा बाह्य पर्यटकलाई आकर्षण गर्दै जिल्लाको आर्थिक समृद्धि उकास्ने उद्देश्यले तेह्रथुम र पाँचथरको सिमाना भएर बग्ने नदी तमोरमा व्यावसायिक ¥याफटिङ शुरू गरिएको छ ।

केही वर्षदेखि साहसिक रोमाञ्चक कलाप्रति पर्यटकहरु आकर्षित हँुदै गइरहेको बेला पाँचथरमा शुरु गरिएको ¥याफटिङप्रति स्थानीयको आकर्षण बढेको छ ।३÷४ पटक काठमाडौंबाट आएका पर्यटक तमोर नदीबाट यात्रा गर्दै मुलघाटतिर लागेको देखेपछि आफँलाई पनि त्यो व्यवसाय गर्न उत्साही भएर यो ¥याफटिङ व्यवसाय शुरु गरेको तमोर भ्याली ट्राभल्स टुर्स एन्ड ट्रेकिङ प्रालिका सञ्चालक दीपेन्द्र तुम्बापो बताउँछन् ।

यो व्यवसायले खास गरी पूर्वी पहाडी जिल्ला पाँचथरलाई पर्यटक गन्तव्यको रुपमा स्थापित गराउन ठूलो टेवा पुग्ने छ । सञ्चालन भएको ३÷४ दिनमै ¥याफटिङका लागि नाम दर्ता गर्नेको संख्या थपिँदै गएको तुम्बापो बताउँछन् ।

पूर्वी पहाडी जिल्लामध्ये पर्यटकीय हिसाबले अगाडि रहेको इलाम र ताप्लेजुङको नाम अगाडि आउथ्यो तर अब ती जिल्लामा भन्दा फरक साहसिक र रोमाञ्चक आनन्द प्राप्त गर्न रुचाउने पर्यटकले पाँचथरलाई रोज्ने व्यवसायी दिलीप अधिकारी बताउँछन् । केही महिना अघि मात्र पाँचथरका उत्साही युवाले प्यारागलाइडिङको परीक्षण उडान सफल गरेर जिल्लामा प्यारागलाइडिङको सम्भावना रहेको देखाएका थिए । जिल्लामा ¥याफटिङ शुरु भयो अब प्यारागलाइडिङको उडानका लागि दर्ताको काम अन्तिम चरणमा पुगेको अधिकारी बताउँछन् ।

पाँचथरको हिलिहाङ गाउँपालिका– २ पिनासीघाटदेखि साढे दुई घण्टामा १२ किलोमिटरमा रहेको फिदिम नगरपालिका ४ को माझीटारसम्ममा यो यात्रा टुंगिन्छ । गाडीमा गुडेको र हवाइ जहाजमा उडेको भन्दा ¥याफटिङमा बहेको यात्राको मज्जा बेग्लै हँुदो रहेछ पहिलोपटक तमोर नदीमा जलयात्रा गरेका युवा मेदनी लावती भन्छन् ।

रोमाञ्चक यात्राले साच्चै पाँचथरलाई प्रदेश नंं. १ कै उत्कृष्ट जलयात्रा गर्ने गन्तब्यको रुपमा स्थापित गराउने पक्का छ यसले यो क्षेत्रको आर्थिक समृद्धिमा सघाउ पु¥याउँछ लावती भन्छन् ।

पाँचथरको तमोर नदीमा ¥याफटिङ सञ्चालन सम्भावताका लागि १९०७ सालमा पहिलोपटक सर्भे गरेर सरकारबाट सन् २००२ मा अनुमति पाएको तमोर नदीको यात्रा पँर्वको उत्कृष्ट जलयात्रा गर्ने नदीमा पर्ने नेपाल राष्ट्रिय एसोसिएसन ¥याफटिङ एजेन्सीका पूर्वअध्यक्ष गोपाल खरेल भन्छन् । विदेशी पर्यटकका लागि साहसिक जलयात्राका लागि नेपालमा भोटेकोशी नदी उत्कृष्ट मानिन्छ ।

अहिलेसम्म नेपालका १६ वटा नदीमा ¥याफटिङ गर्न सकिने अनुमति सरकारले दिएको भए पनि कति वटा नदीमा जलविद्युत् आयोजना सञ्चालन भएका कारण गर्न नसकिने अवस्था रहेको खरेलको भनाइ छ ।

नेपालका सबै नदीमा जलयात्रा गरी सकेका रिभर गाइड राजन थापा मगर तमोरको पानीको बहाप नेपालीका लागि उपयुक्त भएको हुनाले यहाँ विदेशीभन्दा स्वदेशी पर्यटकको रोजाइमा तमोरको ¥याफटिङ पर्ने मगर भन्छन । अहिले ¥याफटिङ यात्रा शुरू हुने पिनासी घाट र अन्त हुने ठाउँ माझीटारसम्म मोटरबाटोको सुविधा पुगेको र तमोर नदीको पानी सफा भएको कारणले यात्रा रोमाञ्चक र सहज हुने गरेको मगरको भनाइ छ ।