एनआईसी एसिया बैंक र सानिमा इन्स्योरेन्सबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले सानिमा इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब एनआईसी एसिया बैंकका ग्राहकले बैंक २६६ वटै शाखाबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र इन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रबन्ध निर्देशक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।