दातृ निकायको सहयोगका निर्माणाधीन आयोजना, स्वदेशी निर्माण व्यवसायीलाई ढोका बन्द

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं

दातृ निकायको सहयोगमा निर्माण हुने आयोजनामा नेपाली निर्माण व्यवसायी सहभागी हुन नपाउने गरी टेन्डर प्रक्रिया आह्वान गर्न शुरु भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

एसियाली विकास बैंकलगायतका दातृ निकायको ऋण सहयोगमा निर्माण हुने आयोजनाको ठेक्का आह्वान गर्दा नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न नै नपाउनु गरी माग गरिएको भन्दै आपत्ति जनाएको हो ।

महासंघले मंगलबार पत्रकार सम्मेलन गरी स्वदेशी निर्माण व्यवसायीलाई अन्तर्राष्ट्रिय निर्माण कार्य गर्नको निमित्त क्षमतावान बनाई निर्माण व्यवसायको क्षेत्रमा आत्मनिर्भरता बढाउनुपर्नेमा त्यसको ठिक विपरीत राष्ट्रले ऋण व्यहोर्नुपर्ने र राष्ट्रबाट पुँजी विदेशिने किसिमले भइरहेको काम कारबाहीप्रति महासंघले विरोध जनाएको छ ।

दातृ निकायको ऋण सहयोगमा सञ्चालन हुने आयोजनामा नेपाली निर्माण व्यवसायीको मापदण्ड नै नपुग्ने गरी प्रावधान राखिएपछि नेपालकै निर्माण कार्यमा नेपाली व्यवसायी सहभागी हुन नपाउने अवस्था आएको महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो ।

नेपाली निर्माण व्यवसायीलाई नेपालमै हुने ठेक्कापट्टामा बञ्चित गरेर विदेशीलाई मात्रै ठेक्का सुम्पिनु सुनियोजित रुपमा प्रावधान बनाइएको भन्दै महासंघले आफ्नै देशमा निस्केका ठेक्कामा ज्वाइन्ट भेन्चर्सका रूपमा समेत काम गर्न नसक्ने प्रावधान कसको इसारामा केका लागि राखिएको हो । प्रष्ट पार्न सरोकारवाला निकायसमक्ष जोडदार माग गरेको छ ।

करिब १८ अर्बको लागतमा निर्माण हुने ८७ किलोमिटर लामो कञ्चनपुर कमला सडक खण्डका लागि नेपाली निर्माण व्यवसायीले प्रतिस्पर्धा नै गर्न नपाउने गरी एसियाली विकास बैंकले टेन्डर आह्वान गरेको महासंघले जनाएको छ ।

महासंघका अनुसार यसअघि बुटवल–नारायणगढ सडक खण्डको टेन्डरमा पनि विदेशी कम्पनीहरु मात्र सामेल हुने गरी प्रक्रिया अघि बढाइएको महासंघले जनाएको छ ।

यसअघि सरकार, सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) द्वारा टेन्डर आह्वान गर्दा सिंगो खण्डलाई बढीभन्दा बढी स्वदेशी निर्माण कम्पनी सहभागिता हुने गरी साना तथा मझौला आकारका प्याकेज बनाई टेन्डर आह्वान गर्ने प्रचलन रहेको स्मरण महासंघले गराएको छ ।

देशमा निर्माण हुन लागेका ठँला पँर्वाधार विकासका परियोजनामा नेपाली निर्माण व्यवसायी पनि विदेशी कम्पनीसँग साझेदार गरी सहभागी हुन पाएको खण्डमा नेपाली निर्माण व्यवसायीको प्रवद्र्धन तथा विकास हुने महासंघका अध्यक्ष रवि सिंहको भनाइ छ ।

भविष्यमा स्वदेशमा निर्माण गरिने निर्माण कार्यहरु गर्न नेपाली आफैं सक्षम हुने, परनिर्भरताको अन्त्य हुनुको साथै राज्यको स्रोत तथा साधनको उचित सदुपयोग हुने महासंघले जनाएको छ ।

पछिल्ला घटनाक्रमले नेपाली निर्माण व्यवसायीले भविष्यमा काम नपाउने खतरा बढेसँगै स्वदेशी लगानी डुब्ने अवस्थामा पुगेको, राज्यलाई पनि ऋणको भार थुप्रिनुको साथ साथै पुँजी पलायन हुने अवस्थाको सिर्जना भएको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष सिंहले स्वदेशी निर्माण व्यवसायी माझ काम गर्ने अहिले अवसर आए पनि सरकारले त्यसको सुदपयोग गर्न नसकेको बताउनुभयो ।
अव्यवहारिक ऐन नियमका कारण व्यवसायी ठूलो मारमा परेको उहाँको भनाइ थियो । समस्या समाधानका लागि आफूहरु सबै ठाउँमा पुगे पनि कहींँ कतैबाट सुनुवाई नभएको उहाँले बताउनुभयो । नीति निर्माणको तहमा हुने ठँलो आर्थिक चलखेलका कारण नेपाली व्यवसायीलाई पेशाबाटै पलायन गर्ने षडयन्त्र हुन थालेको आशंका सिंहलले व्यक्त गर्नुभयो ।

नेपाली व्यवसायीले विदेशमा समेत उत्कृष्ट कार्य गरिरहेको जानकारी दिँदै अध्यक्ष सिंहले आफ्नै देशको परियोजनामा भने सहभागी हुनु नपाउनु दुर्भाग्य भएको बताउनुभयो । विदेशी कम्पनी संलग्न धेरै परियोजनाहरु लथालिंग रहेको उदाहरण दिँदै सिंहले त्यस्ता बिग्रिएका परियोजना अन्ततः नेपाली व्यवसायीले नै सफल पारेको बताउनुभयो ।

निर्माण कार्य समयमै सम्पन्नन हुनुमा व्यवसायीको भन्दा पनि अरुको दोष बढी रहेको उहाँले बताउनुभयो । परियोजना पँरा गरे पनि व्यवसायीको अर्बौं रकम भुक्तानी हुन बाँकी रहेको भन्दै उहाँले महासंघ अब विसंगति र विकृतिविरुद्ध कडा रुपमा प्रस्तुतहुने बताउनुभयो ।