अन्तत सिरियाली हसनलाई क्यानाडामा शरण


टोरोन्टो,(एजेन्सी)
लगातार सात महिना सम्म मलेसियाको विमानस्थलमा बसेर क्यानाडा आइपुगेका एकजना सिरियाली पुरुषलाई क्यानाडाले मंगलवार शरण दिने निर्णय गरेको छ । हसन अल कोन्तार नामक ति युवकको समस्याले विश्वको ध्यान तान्न सफल भएको थियो ।

उनले मलेसियाको कवालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा सामाजिक संजालमा भिडियो पोस्ट गर्दै आएका थिए । उनले पछिल्ला दुई महिना मलेसियाको हिरासत केन्द«मा बिताएका थिए । उनका क्यानाडाली प्रायोजकहरुले उनको समस्यालाई छिटो सम्वोधन गर्ने प्रयार गरेका हुन् ।
उनी सोमवार राति भ्यानकोभर आइपुगेका थिए । दुईवटा संस्था ब्रिटिस कोलुम्विया मुश्लि एसोसियसन र क्यानाडा केयरिंग सोसाइटिले उनलाई क्यानाडामा शरणार्थीको हैसियतले आउन प्रायोजन गरेका हुन् ।

क्यानाडा केयरिंग सोसाइटिका स्वयमसेविका लाउरी कूपरले विविसिलाई बताएकीछिन्, ‘ यस अघि गत विहिवार हामीले हसन क्यानाडा आउन लागेको विहिवार थाहा पाएका थियौं । यो निकै सुखद खवर हो र तर अझै पत्याउनै गाह«ो भइरहेको छ । थुप्रै उतार र चढाव सहितको यो उनको निकै लामो यात्रा हो । उनको यो समस्या संसार भरिका शरणार्थीहरुले भोगिरहेको समस्याको प्रतिनिधित्व मात्र हो ।

जिवनमा बाँच्नका लागि सुरक्षित स्थान फेला पार्न सफल उनलाई भाग्यमानी नै मान्नुपर्दछ । ’ यस समुहले ३७ वर्षिय हसनलाई क्यानाडामा ल्याउनका लागि आवश्यक रकम विश्वभरिबाट संकलन गरिएको जानकारी दिएको छ ।

क्यानाडाको आप्रवासी मन्त्रीलाई उनलाई क्यानाडा प्रवेशको अनुमति दिलाउनका लागि क्यानाडियन केयरिंग सोसाइटिद्वारा संचालित अनलाइन अपिलमा विभिन्न मानव अधिकारवादी समहु मार्फत ६२ हजार जना भन्दा बढि मानिसको हस्ताक्षर संकलन भएको थियो । हसन संयुक्त अरव इमिरेटसको एउटा बिमा कम्पनीमा कार्यरत रहेकोबेला सन् २०११ मा सिरियामा गृहयुद्ध शुरु भएको थियो ।

हसन संयुक्त अरव इमिरेटसको एउटा बिमा कम्पनीमा कार्यरत रहेकोबेला सन् २०११ मा सिरियामा गृहयुद्ध शुरु भएको थियो । सिरियामा सैनिक तालिम पुरा नगरेकाले उनले आफ्नो पासपोर्ट नविकरण गर्न सकेको थिएन ।

तर गिरफतारीमा परिने वा सेनामा काम गर्न लगाउने डरले उनी स्वदेस फर्कन चोको थिएन । त्यसैले उनी युएईमा अवैध रुपमा बस्नथाले । तर सन् २०१६ मा उनलाई पक्राउ गरियो । उनले अन्तत सन् २०१७ मा नयाँ पासपोर्ट लिन सफल भए । तर उनलाई मलेसियामा डिपोर्ट गरियो । मलेसिया सिरियाली हरुलाई भिसा फ्रि प्रवेश दिने विश्वका केहि मुलुक मध्ये एक हो ।