आफूखुसी अघि बढ्दै प्रदेश दुई सरकार

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
केन्द्रीय नीति र सर्कुरल भन्दा फरक ढंगबाट प्रदेश दुई सरकार चल्न थालेको छ। एसले पछिल्लो पछक आफ्नै कर्मचारी भर्ना गर्ने बिद्ययक सदनबाट पारित गरेसँगै केन्द्रीय सरकारको कर्मचारी समायोजन कार्यक्रममा समेत बाधा उत्पन्न हुने भएको छ । केन्द्रबाट कर्मचारी नपठाएको भन्दै बेलाबेलामा गुनासो पोख्दै आएको प्रदेश २ को सरकारले अन्ततः आफ्नै कर्मचारी भर्ना गरेर काम गर्ने भएको हो ।

प्रदेशसभाको बैठकको बैठक ‘प्रदेश नं. २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी ऐन २०७५’ बहुमतले पारित गरेको भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलले जानकारी दिए । प्रदेश सरकारले ल्याएको कर्मचारी भर्ना सम्बन्धी ऐनप्रति प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीको अहसमति रह्यो भने अर्का प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन गरेको हो । यसअघि पनि प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउँदा नेकपाले विरोध जनाएको थियो ।

यसैगरी, प्रदेशसभाको बैठकले भौतिक योजना तथा विकास मन्त्रालयअन्तर्गत प्रादेशिक विद्युतसम्बन्धी ऐन २०७५ पनि पारित गरेको हो । प्रदेशसभामा निर्णायार्थ पेश गरिएको विधेयकको विपक्षमा नेकपा उभिए पनि नेपाली काँग्रेस विधेयक प्रति समर्थन जनाएको छ ।यस अघि विधेयकमाथि उठेको प्रश्नको जवाफ दिदै मुख्यमन्त्री लालबाबु राउतले करार सम्बन्धि विधेयक रहर नभएर बाध्यता रहेको बताए ।कर्मचारी अभावमा आर्थिक वर्षको प्रथम चौमासिक बितिसक्दा पनि बजेट खर्च हुन नसकेको जिकिर उनले अगामी दिनमा हुन सक्ने थप संकटलाई टार्न विधेयक ल्याउनु परेको बताए ।

संघीयता प्रति अपनत्व भएका युवाहरु प्रशासनमा नआए सम्म संघीयता कार्यान्वयन नहुने उल्लेख गर्दै उनले प्रदेश सरकारले गर्ने युवाहरुकोभर्ना संघीयतालाई बलियो बनाउन थप मदत पुग्ने विश्वास व्यक्त गरे । त्यसरी नै प्रदेश दुई सरकारले नेपाल पं्रहरीमा भर्ना लिने काम पनि शुरु गरेको छ । प्रदेशरमा १९ हजार आवेदन परेको बताइएको छ ।प्रदेश नम्बर २ सरकारले बिदा लगायतका बिषयमा पनि आफूखुसी निर्णय गर्दै आइरहेको छ । प्रदेश सरकार आफैमा स्वयक्त भएका कारण यो निर्णय गरिएको र अरु निर्णय पनि आवश्कयता अनुसार गर्दै जाने भौतिक पूर्वाधारमन्त्री सोनलले नेपाल समाचारपत्रलाई बताए ।