मगर भाषा संरक्षणको लागि प्रशिक्षण

0
Shares

सिर्जना पन्त, बागलुङ
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले गाउँपालिकाको आधा भन्दा बढ िजनसंख्या रहेको मगर जातिको भाषा लोप हुन लागेको भन्दैं मगर भाषा प्रशिक्षण तालिम कक्षा सञ्चालन गर्दै आएको छ । गाउँपालिकाको कुल जनसंख्याको ५१ प्रतिशत मगरहरु रहेको यस गाउँपालिकामा बसोबास गर्ने मगर समुदायका युवा युवतीहरुले आफ्नो भाषा र संस्कृतिलाई संरक्षण गर्नुपर्ने भन्दैं बडिगाड गाउँपालिकाको कार्यालयले पछिल्लो छ महिनादेखि भाषा प्रशिक्षण तालिमको सञ्चालन गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका १५ जना ६ महिनादेखि मगर भाषाको प्रशिक्षण दिदैं आएको र अझै ६ महिना भाषा प्रशिक्षण जारी रहने गाउँपालिकाका प्रमुख मेयर सिंह पाईजाले बताउँनुभयो । ‘गाउँपालिकाले विगत छ महिना देखी मगर भाषको प्रशिक्षण तालिम कक्षा सञ्चालन गर्दै आएको छ,’ गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाले भन्नुभयो, ‘एक वर्ष मगर भाषको तालिम पश्चात गाउँपालिकाका वडा वडामा भाष कक्षा सञ्चालन गर्ने तयारीमा छौं ।’ ‘सबै भाषा र संस्कृतिहरुको समान सम्मान गर्छाै, पाईजाले भन्नुभयो मगर समुदायको पहिचान मगर भाषा लोप हुन थालेपछि भाषा संरक्षणको लागि भाषा कक्षा नै सञ्चालन गरेका हौं ।’

गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ को गाउँसभावाट मगरभाषा संरक्षणका लागि रु.१५ लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । बडिगाड गाउँपालिकाले मगर भाषालाई गाउँपालिकाको पहिचनाका रुपमा विकास गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ । गाउँपालिका क्षेत्रमा १८ औं सताब्दी सम्म मगर भाषा वोलिए पनि वाइसे, चौविसे राज्य संगै मगर भाषा लोप भएको स्थानीय मगर समुदायका अगुवाले जनाएका छन् ।

हाल भाषा कक्षाको लागि तनहुँका मगर भाषा प्रशिक्षक आस वहादुर थापाले सो कक्षामा सहजिकरण गरिरहनु भएको छ । सहभागिलाई मासिक ८ हजार भत्ता सहित तालिम दिइएको र तालिम पश्चात तिनै प्रशिक्षार्थीलाई प्रशिक्षकको रुपमा विकास गरि भाषा कक्षा संचालन गर्ने योजना गाउँपालिकाले जनाएको छ । मगर भाषा, कला र संस्कृति संरक्षणका लागि ३ वर्षे योजना अगाडि सारेको गाउँपालिका प्रमुख पाईजाले बताउनुभयो ।