स्वास्थ्य स्वयंसेविकालाई छ हजार प्रोत्साहन भत्ता

0
Shares

नेपाल समाचारपत्र, बैतडी
बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरीका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एकमुष्ट बार्षिक ६ हजार रुपैया प्रोत्साहन भत्ता दिने भएको छ । गत बर्ष महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ५ हजार भत्ता उपलब्ध गराएकोमा यो बर्ष एक हजार थप गरेर ६ हजार पुर्याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले पुर्याएको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता दिईएको उनको भनाई छ ।

महिला स्वास्थ्य स्वयंमसेविकाहरु गाउँघरका नागरिकलाई निशुल्क सेवा दिईरहेका छन् । नागरिकको लागी जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविकाहरु खटीने गरेका छन् । स्वास्थ्य स्वयंसेविकाहरुको कामको उच्च मुल्याङकन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्किले बताईन् ।

बैतडीको दोगडाकेदार गाउपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरुले भने गत वर्षबाट प्रोत्साह भत्ता पाईरहेका छन् । गाउापालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउदा स्वास्थ्य स्वयंमसेविकाहरु धेरै खुसी भएका श्रीकोट स्वास्थ्य चौकीका महिला स्वयंमसेविका गोमती विष्टले बताईन् ।

गाउँपालिकाले आफुहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउदा धेरै सजिलो भएको बताउदै अर्का स्वास्थ्य स्वयंसेविका जयन्ती ऐरीको भनाई रहेको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुले सुरक्षित प्रसुती सेवा, बालबालिकाहरुलाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकाहरुलाई भिटामिन खुवाउने लगायत स्वास्थ्यका आधारभूत कुराहरुमा सहयोग गर्दै आईरहेका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले सुरक्षित प्रसुती सेवा, बालबालिकाहरुलाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकाहरुलाई भिटामिन खुवाउने लगायत स्वास्थ्यका आधारभूत कुराहरुमा सहयोग गर्दै आईरहेका छन् । गाउँपालिकाका ८ ओटै वडामा ८६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेका छन् । बैतडीका १० ओटै स्थानीय तहमा ८३१ महिला स्वास्थ्य स्वयंसेविका रहेका जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ ।