तीन महिनामा २५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

0
Shares

बुुद्ध नेपाली, सिन्धुली
मुलुकी देवानी संहिता लागु भएपछिको ३ महिनाको अवधीमा जिल्ला अदालत सिन्धुलीमा सम्बन्ध विच्छेदको २५ मुद्धा दर्ता भएको छ ।
मुलुकी देवानी संहिता लागूभएको गत भदौं १ गते देखि कात्र्तिक महिना सम्मको अवधीमा २५ मुद्धा दर्ता भएको जिल्ला अदालत सिन्धुलीले जनाएको छ ।

मुलुकी देवनी संहिता लागु भएसंगै जिल्लामा सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्नेक्रम ह्वतै वृद्धि भएको जिल्ला आदालत सिन्धुलीका तहशिल शाखा प्रमुख हरि कुमार श्रेष्ठले बताए । ‘मुलुकी देवनी संहिता लागुभएपछिको यो तिन महिनाको अवधिमा सम्बन्ध विच्छेद गर्नेक्रम बृद्धि भएको देखिन्छ’ तशशिल प्रमुख श्रेष्ठले भने ।

मुलुकी देवनी संहिता लागु भएपछि सम्बन्ध विच्द्धेद गराउने पुरुषको संख्या पनि वृद्धि भएको श्रेष्ठको भनाई छ । उनका अनुसार यो तिन महिनाको अवधीमा ८ जना पुरुष र १७ जना महिलाले सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गरेका छन् ।

गत वर्ष जम्मा १ जना पुरुषले मात्रै सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरेको भए पनि मुलुकी संहिता लागु भएको ३ महिनामै ८ जना पुरुषले सम्बन्ध विच्द्धेदको लागि मुद्धा दर्ता गराएका छन् । नयाँ मुलेकी देवनी संहितामा पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन् भन्ने उल्लेख छ ।

उनका अनुसार भदौ महिनामा ५ जना महिला, ४ जना पुरुष गरी ९ जना, असोज महिनामा ७ जना महिला, १ जना पुरुष गरी ८ जना र कात्तिक महिनामा ५ जना महिला, ३ जना पुरुष गरी ८ जनाले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरेका उनले बताए ।

पछिल्लो समयमा जिल्लामा सम्बन्द्ध विच्छेद्का घटनामा बृद्धि हुदै गएको देखिन्छ । सम्बन्द्ध विच्छेदका घटना बढ्दै जानुमा आधुनिक जीवनशैलीको नक्कल र वैदेशिक रोजगारी मुख्य कारक बनेको उनको भनाई । जिल्ला अदालतमा आएका मुद्धाहरु मध्ये वैदेशीक रोजगारीमा जाने परीवारमा बढी सम्बन्ध विच्छेदको समस्या देखिएको उनले बताए ।

जिल्ला अदालत सिन्धुलीको तथ्याङ अनुसार आर्थिक वर्ष २०७४।०७५ मा सम्बन्ध विच्छेदका ९४ वटा मुद्धा दर्ता भएको थियो । अदालको तथ्याङलाई आधार मान्दा जिल्लामा प्रत्येक वर्ष सम्बन्ध विच्छेदका मुद्धा बढ्दो रुपमा रहेका छ । आर्थिक वर्ष २०७३।०७४ मा सम्बन्ध विच्छेदका ७४ वटा मुद्धा दर्ता भएकोमा ०७४।७५ मा बढेर ९४ पुगेको हो ।

आर्थिक वर्ष २०७२।०७३ मा भने जम्मा २९ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको थियो । जिल्लामा हरेक बर्ष सम्बन्ध विच्छेदका मुद्धा बढ्दो क्रममा रहेको उनको भनाई छ ।