तलब नपाएको भन्दै हातमा कालो पट्टि बाँधेर पठपाठन सञ्चालन

0
Shares

सरिता चलाउन, सल्यान ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका शिक्षकहरुले नगरपालिकाको विरोध स्वरुप हातमा कालो पट्टि बाँधेर पठपाठन सञ्चालन गरेका छन् । नगरपालिकाले आफुहरुलाई विगत पाँच महिनादेखि तलवभत्ता नदिएको भन्दै सम्पूर्ण शिक्षकहरुले हातमा कालो पट्टि बाधेर विरोध जनाएका हुन ।

पटक पटक ज्ञापन पत्र बुझाउदा पनि कुनै माग सम्बोधन नभएपछि बाध्यभएर आन्दोलनमा जानु परेको शिक्षकहरुले बताएका छन् । नगरसभा तत्काल बसी आफुहरुले पाउनु पर्ने पारिश्रमिक नपाए चरणबद्ध आन्दोलनमा जाने उनीहरुले बताएका छन् । आज र भोली हातमा कालो पट्टि बाँधेर विरोध गर्ने १३ र १४ गते पेन डाउन गर्ने र १६ गतेदेखि नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरु अनिश्चित कालका लागि वन्द गर्ने शिक्षकहरुले चेतावनी दिएका छन् ।

नगर प्रमुख र उपप्रमुख तथा वडा अध्यक्षहरुको विवादका कारण नगरपालिकाको नगर सभा बस्न सकिरहेको छैन ।
नगरसभा बस्न नसक्दा नगरपालिका सम्पूर्ण कामकाज प्रभावित भएका छन् ।