रुकुम पश्चिमका जनप्रतिनिधिले थाले घुम्ती शिविर

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका वडा नं ३ का जनप्रतिनिधि, वडा सचिव र कार्यालय सहयोगी समेतको सहभागीतामा घुम्ती शिविर सूरु भएको छ । मंगलबारबाट सुरु भएको घुम्ती शिविरमा राजश्व, विवाह दर्ता, जन्मदर्ता, मृत्यु दर्ता, नागरिकताको सिफारिसका काम गरिएको वडा अध्यक्ष चन्द्रबहादुर के.सीले बताउनुभयो ।

मंगलबार वडा नं ३ को वडा नं ३ को डार्नेमा भएको कार्यक्रममा मालपोत राजश्वमा १९ जनाले सेवा पाएका छन् । जसबाट रकम ९ हजार ८ सय ७० रकम संकलन भएको वडा सचिव बिनोद रेग्मीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष के.सीका अनुसार जन्मदर्ता ११ र नागरिकताको सिफारिस २ जनाले लिएका छन् । कार्यक्रम बुधबार झिम्रुमा र बिहिवार निपाने संचालन हुने वडा अध्यक्ष के.सीले जानकारी दिनुभयो । यसै गरी जनप्रतिनिधिहरुले आफ्ना मतदाता समक्ष उनीहरुसँग भेटघाट गरी गुनासो संकलन गर्ने काम पनि गरेका छन् ।

यसै गरी वडा नं ३ ले बुधबारदेखी श्रम सहकारीको गठन गर्ने तयारी गरेको छ । घुम्ती शिविरमा वडा अध्यक्ष के.सीका साथै सदस्यहरु उर्दबहादुर पुरी, देवबहादुर बोहरा, सामना खत्री र सुनिता बि.क तथा वडा सचिव बिनोद रेग्मी र कार्यालय सहयोगी शेरबहादुर के.सी सहभागि रहनुभएको छ ।