अख्तियारमा सबै भन्दा बढी मुद्धा स्थानीय तहका

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिममा यस बर्ष पनि भष्ट्राचार सम्बन्धी धेरै मुद्धा परेको तथ्यांक सार्वजनिक गरिएको छ । यस बर्ष अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका अनुसार रुकुम पश्चिममा ३५ ओटा मुद्धा आयोगमा दर्ता भएका छन् । ३५ ओटा मुद्धा मध्य ८ ओटा मुद्धा छिनोफानो भैसकेको र बाँकी २७ ओटा मुद्धा छिनोफनो हुन बाँकी छन् ।

सबै भन्दा बढि मुद्धा स्थानीय तहका रहेको आयोगले बताएको छ । स्थानीय तहका ११ ओटा मुद्धा, शिक्षा क्षेत्रका ८ ओटा र खानेपानी तथा सरसफाई क्षेत्रका ४ ओटा मुद्धा आयोगमा दर्ता भएको आयोगको कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुबेदीले बताउनुभयो ।


त्यस्तै भौतिक पुर्बधार निर्माण तर्फका २ ओटा, बन तथा वातावरण क्षेत्रबाट २, स्वाथ्य तथा जनसंख्याबाट २, कृषि तथा पशुपन्छि क्षेत्रबाट १, भुमि व्यवस्थापन १ र संचार क्षेत्रबाट १ गरि जम्मा आयोगमा ३५ ओटा मुद्धा परेको बताइएको छ । साथै आयोगको कार्यालयमा रुकुम पुर्वका ४ ओटा मुद्धा परेको आयोगको कार्यालयले जनाएको छ ।

आयोेगले रुकुम पश्चिममा गरेको कार्यक्रममा सहभागीले आयोगमा दर्ता भएका मुद्धाहरु ढिलो गरेर फ्रछ्च्योट हुने गरेको बताएका छन् । रुकुममा हुने बजेटको अनियमिततालाई रोक्न आयोगले पहल चाल्नु पर्ने सुझाव समेत दिएका छन् । प्रमाण सहितको मुद्धा दर्ता गर्दा पनि मुद्धाको प्रक्रियाका बारेमा केही जानकारी नआउने गुनासो रुकुमका सरोकारावालाले बताएका छन् । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले अन्तरक्रिया कार्यक्रमलाई जनस्तर सम्म लैजान सुझाव दिनुभएको छ ।

उहाँले भन्नुभयो “आफु पारदर्शी बन्न सके मात्र शुसासन कायम गर्न सकिन्छ” । भ्रष्टाचार बिरुद्ध कुनै संस्थाले मात्र काम गरेर नपुग्ने भन्दै एक व्यक्तिको सानो भुमिकाबाट भ्रष्टाचार अन्त्य गर्न सकिने उहाँको भनाई थियो । मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले आफ्नो कार्यालयमा कुनै पनि अनियमितता हुन नदिने दावी प्रतिबद्धता जनाउनुभयो । यसै गरी प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले नियन्त्रणका लागी सबै सरोकारवालाले पहल थाल्नुपर्नेमा जोड दिनुभयो । अख्तीयारको काम कार्वाही छिटो छरितो हुनुपर्नेमा सहभागीको जोड थियो ।