काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही दिनमा जब मेलम्ची आउछ तब सरकार कहाँ छ भन्ने जवाफ दिने बताउनु भएको छ ।
सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ‘बाटोमा धुलो उड्न कम भएको छ, जवाफ पाउनुपर्ने हो ।
काठमाडौंमा सडक बढारिन्छ धोइन्छ, अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ ?’ उहाँले भन्नुभयो– ‘कलंकी नागढुंगा सडक हेर्न जानुस्, त्यहाँ छ सरकार ।’

कसैले सरकार कहाँ छ ? सरकारले सिन्को समेत भाँचेन, कसैले सरकारले जुम्रा पनि मारेन भन्ने गरेको भन्दै ओलीले सरकार जुम्रा मार्न होइन देश विकास गर्न बनेको बताउनुभयो ।
कार्यक्रममा ओलीले कनिका छरेको, ढुकुटी रित्याएको र आर्थिक अनुशासन भङ्ग गरेको जस्ता अनावश्यक, गैरजिम्मेवार आरोपका बीच हामीले पाका उमेरका हाम्रा अभिभावकहरुलाई सम्मान स्वरुप मासिक १०० रुपैंया जेष्ठ नागरिक भत्ता र समाजमा अपहेलित हुँदै एकल जीवन बाँच्न बाध्य हाम्रा दिदी बहिनी र छोरी÷चेलीहरुको पीडालाई संबोधन गर्न ‘असहाय तथा विधवा महिला भत्ता’को थालनी गरेका समेत बताउनुभयो ।












प्रतिक्रिया