काठमाडा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताउनुभएको छ ।
सरकारले गठन गरेको जनशक्ति प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
“विकासलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौं ।”
प्रधानमन्त्री ओलीले योजनावद्ध विकासका लागि जनशक्ति प्रक्षेपण आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमुलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन दिनुभएको छ । “आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ ।”
प्रधानमन्त्री ओलीले भन्नुभयो, “डाक्टर कति चाहिने, इन्जिनियर कति, शिक्षक कति, कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनु पर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ । ”
समितिले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग, मन्त्रालयहरुले पनि योजना बनाउने भएकोले यसलाई त्रुटी रहित बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । “अनुमानमा होइन तथ्यका आधारमा, भवितव्यमा होइन योजनवद्ध रुपमा काम गर्नुहोस” प्रधानमन्त्रीले निर्देशनमा भन्नुभएको छ, “प्रतिवेदनमा नयाँ निष्कर्षहरु आउनु पर्दछ ।”











प्रतिक्रिया