ईश्वरराज ढकाल, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अधिकांश निर्देशक, उपनिर्देशक लगायत उच्च तहका कर्मचारीलाई जिम्मेवारी नदिदा उनीहरु काम बिहीन भएका छन । उनीहरुलाई प्रशासन शाखाले लिखित जिम्मेवारी नदिएपछि आदेशको भरमा काम गर्न बाध्य भएका छन । बोर्डले तीन उपनिर्देशकलाई जिम्मेवारी नदिदा काम बिहीन भएका छन ।
कामविहीन उपनिर्देशकहरु कार्यालयमा आउने हाजिर गर्ने घाम तापेर घर फर्कने गरेकाछन् । बोर्ड उच्च स्रोतका अनुसार उपनिर्देशक भवराज कोइराला, डम्बर बतास र हरिशरण वाग्ले अहिले जिम्मेवारी बिहीन अवस्थामा छन ।
त्यस्तै अधिकृतद्धय अशोक न्यौपाने र प्रकाश कोइरालालाई बोर्डको स्वामित्वमा रहेको परीक्षा नियन्त्रण कार्यालयमा खटाइएको छ । बोर्डले खारेज भैसकेको एसएलसी कार्यालयमा समेत परीक्षा नियन्त्रक राखेको छ । सहसचिव रामशरण सापकोटालाई हालसम्म एसएलसी कार्यालयको परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ । एसएलसी कार्यालय यस अघि नै बोर्डको स्वामित्वमा आइसकेको छ । एसएलसी कार्यालयमा वरिष्ठ उपसचिव भवराज कोइरालालाई खटाइएको छ । एसएलसी कार्यालयमा कोइरालाले गर्ने कुनै काम छैन ।
त्यस्तै अधिकृतद्धय न्यौपाने र काफ्लेलाई एसएलसी कार्यालयमा सारिएको छ । अघिल्लो परीक्षा नियन्त्रक डम्बर बतास र हरिशरण वाग्लेलाई योजना महाशाखामा सरुवा गरिएको छ । दुवै उपसचिवलाई जिम्मेवारी दिइएको छैन ।
अध्यक्ष भन्छन –कर्मचारीको कार्यक्षमता कमजोर भएपछि समस्या उत्पन्न भो
कर्मचारी भन्छन- हाम्राे याेग्यतामाथि प्रश्न उठाउने अधिकार कसैलाइ छैन
बोर्डमा जंगबहादुर अर्याललाई कर्मचारी प्रशासन तथा जनशक्ति विकास, डा. रामचन्द्र पाण्डेलाई अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार, गोविन्द खनियालाई योजना,अनुगमन तथा मुल्याङकन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । कर्मचारी व्यवस्थापन गर्ने नाममा सहसचिव सापकोटालाई कक्षा १० को परीक्षा महाशाखाको जिम्मेवारी दिइएको छ ।
बोर्डले जंगबहादुर अर्याललाई कर्मचारी प्रशासन महाशाखा प्रमुख बनाए पनि कुनै जिम्मेवारी दिइएको छैन । अधिकांश उच्च तहका कर्मचारीले आफुहरुलाई कामको जिम्मेवारी दिनुपर्ने बताउदै आएका छन् । तर बोर्डका सदस्यसचिव दुर्गा अर्यालले हालसम्म कुनैपनि जिम्मेवारी नदिएको भन्दै गुनासो पोख्दै आउनुभएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले सबै निर्देशक, उपनिर्देशक र अधिकृत लगायतका कर्मचारीलाई कामको जिम्मेवारी दिएकोदावी गर्नुभएको छ । कामको जिम्मेवारी दिएका कर्मचारीहरुमा कार्यक्षमता कमजोर भएका कारण समस्या उत्पन्नन भएको उहांले बताउनुभयो ।
उता बोर्डले गत भदौमा तयार गरेको नियमावली स्विकृत नगर्दा बोर्डको कर्मचारी व्यवस्थापनमा गम्भीर समस्या देखा परेको छ । सो कार्यालयमा ३ सय ४३ कर्मचारी कार्यरत रहेका मध्य करिब दुई तिहाई करार र ज्यालादारीका रहेका छन् । देशैभरका अधिकांश सम्पर्क कार्यालयका लेखा प्रमुख करारमा रहेका छन् ।
एक त कर्मचारीको समस्या अर्को तिर भएका कर्मचारीलाई जिम्मेवारी दिन नसक्दा बोर्डको अधिकांस काममा समस्या भएको बोर्डका अधिकारीले बताएका छन् । उच्च माध्यामिक शिक्षा परिषद् खारेज भएपछि गठन भएको बोर्डले अहिले परीक्षाको काम मात्र गर्ने गरेको छ ।











प्रतिक्रिया