सुनसरी ।
सुनसरी जिल्लाको कोसी गाउँपालिका ८ बाट मंसीर ८ गते एपीएफ टोलीले करीव ९ वटा नाईट्रोज ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।
सप्तरी जिल्लाको कंचनरुपा नगरपालिका ९ बस्ने कालिचरण चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको निज चौधरीलाई जाँच गर्दा उनको साथमा उक्त परिणामको लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेका निज चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।











प्रतिक्रिया