कञ्चनपुरमा बसको ठक्करले एककोे मृत्यु

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको भाँसीमा बसको ठक्करले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका–१०, भुडाका श्रवणकुमार चौधरी रहेका छन् । महेन्द्रनगरदेखि से ४ प ८१८८ नम्बरको मोटरसाईकलमा घर गईरहेका बेला महेन्द्रनगर तर्फ आइरहेको बसको ठक्करले उनको घटना स्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

ठक्कर दिएर बस भागेकोले बसको नम्बर पहिचान गर्न सकिएको छैन । दुर्घटनामा परेका चौधरीलाई स्थानीय र प्रहरीले उद्धार गरि महाकाली अञ्चल अस्पताल पु¥याउनु अगाडि नै मृत्यु भएको थियो ।

उनको शवलाई अहिले महाकाली अञ्चल अस्पतालमा राखेको छ । बस र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।