ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु

0
Shares

लमजुङ ।
लमजुङमा ट्रकको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सुन्दरबजार नगरपालिका– ८ अकला मन्दिर नजिक पर्ने डुडकुलोमा आइतबार सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बा २ क १९७६ नंबरको माल बाहक ट्रकले ठक्कर दिदाँ सुन्दरबजार नगरपालिका– ८ को बलिथुङ, नयाँ गाउँकी ७ वर्षीया करुणा गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक यादव ढकालले बताउनु भयो ।

बेसीशहरमा सामग्री झारेर डुम्रेतर्फ फर्कदै गरेको ट्रकले बालिकालाई ठक्कर दिएको हो । ट्रक र चालक ३२ वर्षीय मनबहादुर विक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको यादवले बताउनु भयो । उहाँका अनुसार बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।