पाल्पा ।
गत बर्षको तुलनामा यस बर्ष पाल्पा जिल्लामा धानको उत्पादनमा वृद्धि भएको छ ।
समयमा पर्याप्त मात्रामा बर्षाद भएका कारण र किसानलाई रासायनिक मल समयमै उपलब्ध भएको कारणले गर्दा उत्पादनमा वृद्धि भएको किसानले बताइएका छन् ।
रोपाइ गर्ने समय देखि नै आवश्यकता अनुसार पानी परेको कारण जिल्लाको खेतीयोग्य जमिनमा समयमै रोपाइ भएको थियो । जिल्लाको अधिकांश क्षेत्रमा सिँचाइका लागि आकाशे पानीमा भर पर्ने बाध्यता रहेको छ ।
जिल्ला कृषि विकास कार्यालयले उत्पादनमा वृद्धि गराउन उन्नत तथा हाइव्रिड जातको विउ कृषकहरुलाइ अनुदानमा उपलब्ध गराएकोले पनि धानको फल राम्रो भएको हो ।
धानको उत्पादनका लागि रामपुर , माडी , अर्गली , कचल फाँटहरु राम्रो मानिन्छ । जिल्लाको कुल खेती योग्य जमिन मध्ये ८ हजार ६ सय २० हेक्टरमा धान खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जसमा यस बर्ष ३४ हजार ३९२ मेट्रिक टन उत्पादन भएकजे जिल्ला कृषि विकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठले बताउनुभएको छ ।
यस वर्ष भने जिल्लामा ३६ हजार ४ सय ८५ मेटिक टन उत्पादन भएको छ जुन उत्पादन हेर्दाा प्रति हेक्टर उत्पादकत्व ४ दशमलव २४ हुन आउँछ ।
पाल्पा जिल्लामा राधा ४ , सावित्री , गोरक र स्थानिय लदुवा , झिनिया , खुमल ४ , र सुख्खा १ ,२ , जातका धान खेती हुदै आएको छ ।
यस बर्ष जिल्लामा धान उत्पादन हुने क्षेत्रमा १० देखि १२ प्रतिशत वृद्धि हुने बताइएको छ । यद्यपि जिल्लामा ठूला ठूला खोला तथा नदी भएपनि सिचाइका लागि भर पर्दो दीर्घकालिन योजना नभएका कारण बर्षेनी धेरै खेती योग्य जमिन बाझो रहने अवस्था रहेको छ ।











प्रतिक्रिया