फेरिँदो धरानमा नेपथ्य साँझ

0
Shares

धरान ।
कुनै समयपूर्वी पहाड र तराइको मिलनविन्दु अनि लाहुरे भर्तीकेन्द्रका रुपमा प्रसिद्ध धरानशुक्रबार बेलुकी लोकरक ब्याण्ड नेपथ्यसँग रमाएको छ।
स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा मुलुक यात्रामा निस्केको नेपथ्यले बिर्तामोडपछि धरानमा दोश्रो कन्सर्ट गरेको हो। यहाँस्थित रंगशाला परिसरमा झण्डै चार हजार दर्शकको उपस्थितीमा शो सम्पन्नभएको थियो।

‘पहिले जुन स्थानमा लाहुरे भर्ती केन्द्र थियो अहिले त्यही सम्पत्तिमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खडा भएको छ,’ कन्सर्टमा गाउँदा गाउँदै पनि नेपथ्यका अगुवा अमृत गुरुङले पुरानो र नयाँ धरानको तुलनागर्दै भने, ‘अर्थात् मर्ने र मार्ने कामको योग्यतामापन गर्ने ठाउँ अहिले आममानिसको जीवन कसरी बचाउने भन्ने स्थानमा परिणत भएको छजसले सांकेतिक अर्थमा यो ठाउँ कसरी फेरिँदैछ भनेर बुझाउँछ।’


धरानमा कन्सर्टको आयोजना नै विपि कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको संस्था ‘परिक्रमा स्टुडेन्ट्स् फेमिलि’ले त्यहीँकै ‘एमसीकफी आवर’सँगमिलेर गरेको हो।
यो यात्राको निम्ति तय गरिएको समयअर्थात् ठीक पौने छ बजे कन्सर्ट सुरुभएको थियो।

प्रारम्भ सँधैजस्तै ‘सा कर्णाली’म्यूजिक भिडियोबाट गरिएको थियो भने त्यसलाई अर्को म्यूजिक भिडियो ‘सम्झिराख’बाट निरन्तरतादिइएको थियो।

कवितुलसी ‘दिवस’ले वाल्यकालमै लेखेको कवितालाई नेपथ्यले हालै ‘सम्झिराख’ गीतका रुपमातयार पारेको हो। यतिबेला राष्ट्रले नै मान्ने कवि ‘दिवस’ छेउकै धनकुटाका हुन्। उनको सम्मानमै नेपथ्यले छिमेकी धरानका लागि यस गीतको छनौट गरेको थियो।

त्यसपछि मञ्चमा उक्लेको नेपथ्य टिमले ब्याण्डकै पहिलो रेकर्डेड गीत ‘आँगनै भरि’  बाट सुरुवात गरेको थियो।
स्थापनाको रजतवर्ष मनाउदै गरेको क्षण ब्याण्डले आफूसँग आजसम्म आवद्धता राखेका पुराना साथीहरुको स्मरण पनिगर्दैआएको छ। यस गीतलाई प्रस्तुतगर्दा पृष्ठभागमा नेपथ्यका पुराना सदस्यहरुकाविभिन्न कालखण्ड र घटनाहरु दर्शाउने गरि तस्बिर प्रस्तुत गर्ने गरिएको छ।

‘हामीले मुलुकको असाध्यै जटिल अवस्थापार गरेका छौं,’ अघिल्लो पटक द्वन्द्वकै बेला ‘सुन्दर, शान्त, नेपाल’ कार्यक्रम अन्तर्गत धरानमा गाउँदाको क्षण सम्झँदै अमृतले भने, ‘अब मुलुकको मुहार फेर्ने बेलाभएको छ।’

कार्यक्रम हेर्नका निम्तिमदनपुरस्कार विजेताकविएवं प्रसिद्ध गीतकार दिनेश अधिकारीसमेत उपस्थित भएका थिए। हालै शल्यक्रिया मार्फत् कम्मरको जोर्नी नै बदलेका अधिकारीले यो कन्सर्ट लगातार दुइ घन्टासम्म उभिएरै हेरेका थिए। चिकित्सकको अनुमतिलिएर पहिलोपटक यस्तो आँट गरेको उनले सुनाए।

‘संगीतसँग मनोरञ्जन मात्र नभइ सामाजिक दायित्वपनि जोडिएको हुन्छ,’ पूर्व सचिव समेत रहेका अधिकारीले भने, ‘त्यस्तो दायित्व नेपथ्यले जिम्मेवारीका साथनिर्वाह गर्दैआइरहेको देख्दाखुशीलागेको छ।’

पछिल्लो पुस्ताकातन्नेरीहरुलाई नेपाली संगीतसँग जोड्न महत्वपूर्ण भूमिका समेत निभाइरहेकोमा उनले नेपथ्यलाई धन्यवाद प्रकट गरे।
कार्यक्रम ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘जोमसोमे बजारमा’, ‘चरि म¥यो’, ‘रेशम’, ‘तालको पानी’हुँदै अघि बढेको थियो।

‘यो कन्सर्ट हेरेपछि म भित्रको नेपालीपनले फैलिने अवसर पाएको महशुस गरेँ,’ कन्सर्ट हेर्नकैनिम्तिहिलेदेखि आइपुगेका चियाब्यावसायी मोरिसअर्चर्ड भनिरहेका थिए, ‘आयोजकलाई धन्यवाददिन चाहन्छु।’

धरानस्थितविपिकोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानबाटै पढाइ सम्पन्न गरेका डा. स्वतन्त्रगौतम नेपथ्यलाई धरानमा उभ्याउन पाएकामा औधी खुशी देखिन्थे।
‘हाम्रो ब्याचका साथीहरुले पाँचवर्षअघि नै पढ्दै गर्दा धरानमा नेपथ्यलाई निम्त्याउने सपना देखेका थियौं,’ गौतमले भने, ‘तर, त्यति बेला विद्यार्थीको प्रयासले मात्र यो संभव भइ दिएन।’

यतिबेला पढाइ सकेर प्रतिष्ठानमै सेवारत रहँदा त्यहाँका विद्यार्थी समूह र ‘एमसी कफी हाउस’ को मद्दतले यो सपना पुरा भएको गौतमले सुनाए। गौतमका अनुसार उतिबेला पढ्दै गरेको सपना पुरा भएको क्षण आनन्दलिनको निम्ति हाल रोल्पा, गोरखा, नवलपरासी र बारा जिल्लाहरुमा सेवारत उतिबेलाका साथीहरु पनि शुक्रबार बेलुकी धरान आइपुगेका थिए।

कन्सर्टमा झण्डै हजारभन्दा बढी सहभागीता धरानमा चिकित्सा विज्ञान पढिरहेका छात्र छात्राहरुकै देखिएको थियो।
‘तपाइहरुले पैसा कमाउने भन्दापनि मानिसको जीवनबचाउने विद्या आर्जन गरिरहनुभएको छ,’ दर्शकदीर्घामा रहेका चिकित्सक जमातलाई सम्बोधनगर्दै अमृतले भने, ‘मलाई विश्वास छ पढाइ पुरा गरेपछि यस्तो गहन दायित्वलाई तपाइहरु प्रत्येकले जिम्मेवारीका साथ पुरा गर्नुहुनेछ।’

कार्यक्रमको अन्त्य सँधैजस्तै नेपालीध्वजाको स्तुतीमातन्नेरीहरुलाई उचाल्दै ‘रातो र चन्द्रसूर्जे’ मार्फत गरिएको थियो। धरानमा सम्पन्न भएपछि नेपथ्यको यो यात्रा अब मंसिर १० गते बुटवलहुँदै १३ गते धनगढी पुगेर सम्पन्नहुनेछ।