काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० महासचिवालयको आयोजनामा युनाइटेड अरव इमिरेटसको दुवईमा मङ्सिर २ देखि ५ गतेसम्म संचालन भएको इन्टरपोलको ८७औं महासभामा सहभागी भई शनिबार स्वदेश फिर्ता हुनुभयो ।
सोही महासभामा सहभागी भई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरोका निर्देशक प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशी समेत स्वदेश फिर्ता हुनुभएको छ ।
उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा कुरा गर्दै प्रहरी महानिरीक्षक खनालले इन्टरपोल महासभामा नेपाल प्रहरीको सहभागिता उपलव्धीपूर्ण रहेको र महासभाले अध्यक्षमा दक्षिण कोरियाका किम जोन(याङलाई आगामी २ वर्षका लागि तथा १३ मध्ये ६ जना कार्यकारी सदस्यहरू मनोनयन गरेको छ । जसमा अमेरिका क्षेत्रका लागि उपसभापति १ जना, एशिया क्षेत्रका लागि २ जना तथा अफ्रिका, अमेरिका र युरोप क्षेत्रका लागि १र१ जना प्रतिनिधि सदस्य चयन गरेको उहाँले बताउनुभयो ।
सूचना युगको प्रहरी कार्य भन्ने मूल नाराका साथ सुरू भएको महासभाले ग्लोबल पुलिसिङको रुपमा भिजन २०२० पारित गरेको र त्यसअनुरुप इन्टरपोल सदस्य राष्ट्रमा आउन सक्ने खतरा र चुनौतिका विषयमा विश्लेुषण भएको तथा इन्टरपोललाई विकेन्द्रीकरण गर्ने र विभिन्न क्षेत्रमा ब्युरोहरु स्थापना गर्दै लैजाने लक्ष्य अनुरुप क्यारेबियन मुलुकहरुको लागि ब्यूरो स्थापना गर्ने निर्णय समेत भएको प्रहरी महानिरीक्षक खनालले बताउनुभयो ।

वर्तमान विश्वको ५५ प्रतिशत भन्दा बढी जनसंख्याको पहुँचमा इन्टरनेट भएको कारण विश्वभरका अपराधीहरूले पैसा कमाउने माध्यमको रूपमा इन्टरनेट सूचना प्रयोग गरिरहेको सन्दर्भमा महासभामा नेशनल सेन्ट्रल व्युरो ९एनसीबी० को क्षमता अभिवृद्धि, सबलीकरण र सदस्य राष्ट्रको आवश्यकतालाई मध्यनजर गर्दै अपराध नियन्त्रण गरी दिगो शान्तिपूर्ण समाज निर्माणका लागि हरेक सदस्य राष्ट्रबाट सहयोग आदान प्रदान गरिने सहमति भएको उहाँले बताउनुभयो । साथै आन्तरिक अपराध तथ्याङ्कको पहुँचमा सहजता ल्याउने काम भएको र यसका लागि इन्टरपोल सचिवालय लियोनबाट दक्ष जनशक्तिको साथै प्रविधि विषेशज्ञबाट सहयोग आदान प्रदान गर्न सदस्य राष्ट्रहरू सकारात्मक रहेको उहाँले बताउनुभयो ।

उक्त महासभामा अपराध नियन्त्रणका क्षेत्रमा विद्यमान ऐन कानुनको अधीनमा रहेर सूचना तथा द्विपक्षीय र बहुपक्षीय सहयोगको आदानप्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त भएको प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । अपराधको क्षेत्रमा पछिल्लो समयमा देखा परेको साइबर सुरक्षा, सीमा अपराध, मानव बेचबिखन, आर्थिक अपराध, लागूऔषध ओसारपसार तथा कुनै पनि प्रकारका अवैध कारोबार नियन्त्रणका लागि इन्टरपोल सदस्य राष्ट्रमा एक विशेष समूह गठन गर्ने र यसले यी विविध विषयमा अध्ययन गरी सदस्य राष्ट्रहरुलाई सहयोग गर्ने गरी काम गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
द्विपक्षीय र बहुपक्षीय सुपुर्दगी सन्धी नभएको अवस्थामा पनि अपराधी सबै देशका लागि अपराधी नै हो भन्ने दृष्टिकोणलाई साझा सोचको रूपमा केन्द्रमा राखेर काम गर्दा अझै धेरै उपलब्धी हासिल हुने महासभाको साझा धारणा रहेको उहाँले बताउनुभयो । महासभाले क्षेत्रीय र विश्वव्यापी रुपमा सहयोगको आदानप्रदानका साथै वैदेशिक रोजगारीको सिलसिलामा एउटा काम गर्ने भनी विश्वासमा पारी अर्कै काममा लगाउने प्रवृत्तिको विरुद्ध एनसीबीलाई थप सक्रिय बनाएर इन्टलिजेन्स आदान प्रदान गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।
साथै, १ सय ९४ सदस्य राष्ट्रलाई नेटवर्किङ गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने महासभामा सहमति भएको र यसले नेपाललाई थप सहज हुनुको साथै आर्टिफिसिएल इन्टलिजेन्स विकास गर्ने र उक्त कुराले सूचनाको आदानप्रदान अझै बढी प्रभावकारी हुने समेत प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । एनसीबी(काठमाडौं नेपालले राम्रो समन्वय गरेको कारण सचिवालयसँग राम्रो सम्बन्ध स्थापित हुनुको साथै नेपालसँगको सहकार्य सहज भएको स्मरण गर्दै इन्टरपोलका महासचिवले महासभामै नेपालको खुलेर प्रशंसा गर्नुभएको समेत उहाँले बताउनुभयो ।
८७औं महासभामार्फत भानुआतु र किरिबाटीले नयाँ सदस्यता प्राप्त गरेको र इन्टरपोलको ८८ औं महासभा चिली तथा ८९औं महासभा उरुग्वेमा आयोजना हुने निर्णय भएको समेत उहाँले जानकारी दिनुभयो ।
प्रहरी महानिरीक्षक खनालले महासभाको दौरानमा चीन, मलेसिया, युनाइटेड अरव इमिरेटस लगायतका मुलुकका प्रहरी प्रमुखहरुसँग छुट्टाछुट्टै भेटघाट गरी द्विपक्षीय हित तथा सहयोग आदानप्रदानका विषयमा छलफल गर्नुभएको थियो ।











प्रतिक्रिया