सवारी लाइसेन्सको आवेदन आज देखि खुल्ला

0
Shares

काठमाडौं ।  झन्डै एक महिना पछि सवारी अनुमतिपत्र(लाइसेन्स)को आवेदन खुल्ला भएको छ । चाडपर्वका कारण बन्द भएको सवारी लाइसेन्स शुक्रवारबाट खुल्ला भएको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

हाल हजारौँ सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । आवेदकले आज १० बजेपछि विभागको वेबसाइटमा गएर अनलाइन सवारी चालक अनुमतिपत्र क्लीक गरी अनलाइन फारम भर्न सक्नेछन् ।आवेदकले एचटिटीपिएस हटाएर सिधै डब्लुडब्लुडब्लु डिओ टिएम डट जिओभी डट एनपी www.dotm.gov.np लगइन गर्नुपर्नेछ ।

काठमाडौंमा रहेका चार वटासहित अहिले प्रत्येक अञ्चलमा एक–एक वटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् । विभागले देशभर नै अनलाइन फारम अनिवार्य गरेको छ ।तर, छपाइको काम सुस्त हुँदा ट्रायल पास गरेकाले पनि लाइसेन्स पाउन सकेका छैनन् । ट्रायल पास गरेको वर्षदिनसम्म पनि स्मार्ट लाइसेन्स नपाउनेको सङ्ख्या ६ लाख भन्दा बढी छ ।