दुगड ब्रदर्स एमकेजीको आधिकारिक बिक्रेता

0
Shares

काठमाडौं, (नेस)

भारतको व्यवसायी घराना रजत ग्रुप अफ कम्पनिजअन्तर्गतको निर्माण सामग्री
एमकेजी ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगडअन्तर्गतको दुगड ब्रदर्स एन्ड सन्स् प्रालि नियुक्त भएको छ ।

एमभी दुगड अन्तर्गतको दुगड ब्रदर्स एन्ड सन्सले आधिकारिक बिक्रेताको रुपमा स्मार्ट प्रविधिबाट छिटो र गुणस्तरीय ढंगले सेवा दिने जनाएको छ ।
आधिकारिक बिक्रेता भए लगतै अब दुगड ब्रदर्स एन्ड सन्स् प्रालिले पा“च किसिमका निर्माण उपकरण भित्र्याएको छ ।

दुगडले एमकेजीका कंक्रिट उपकरण, स्टिल बेन्डिङ र कटिङ मसिन, पेसेन्जर कम मेटरियल एलिभेटर, रोलर र लाइट उपकरणतर्पm कंक्रिट भाइब्रेटर, ट्रावेल, स्यान्ड स्क्रिनिङ मेसिन बिक्री वितरण गर्ने छ ।

भक्तपुरमा सञ्चालन हु“दै गरेको कनम्याक नेपाल २०१८ का ह्यांगर बीबी २१८ स्टलमा दुगडले एमकेजीको लन्च गरेको हो । उद्घाट कार्यक्रम एमभी दुगडका कार्यकारी अध्यक्ष मोतिलाल दुगड, एमकेजी भारतका उपाध्यक्ष रविन्द्र बंगार तथा एमकेजी नेपालका हेड अफ अपरेसन शम्भु कर्णले संयुक्त रुपमा गर्नु भयो ।दुगडले देशभर ३४ वटा शाखाबाट एमकेजीको बिक्रि वितरण शुरू गरेको हो ।