एडीबीकोे १५ अर्ब सहयोग स्वीकार

0
Shares

काठमाडौंं, (नेस)
सरकारले विद्युत् प्रणाली विस्तार तथा शहरी खानेपानी व्यवस्थापन तथा सरसफाई परियोजनाको लागि एसियाली विकास बैंक (एडीबी) को करिब १५ अर्ब रुपिया“ (१ सय ५० मिलियन डलर) बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

गत सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्रणाली विस्तार आयोजनाका बा“की काम सम्पन्न गर्न एसियाली विकास बैंकले प्रदान गर्ने थप २ अर्ब २८ करोड (२० मिलियन अमेरिकी डलर) ऋण तथा एसियाली विकास बैंकका तर्फबाट शहरी खानेपानी व्यवस्थापन तथा सरसफाई परियोजनाको लागि प्राप्त हुने करिब १५ अर्ब (१३० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशकको नियुक्ति र सेवासुविधा सम्बन्धी निर्देशिका (दोस्रो संशोधन), २०७५ स्वीकृत गरिएको छ ।
यस्तै बैठकले नेपालमा विद्युतीय व्यापारको विकास र उपयोगका लागि राष्ट्रिय रणनीति तर्जुमा गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गर्नुका साथै विभिन्न आयोजनाको लागि निश्चित शर्तहरू पालना हुने गरी वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को एउटा बैठक कार्तिक २९ र मंसिर ३ गते बसेको थियो ।