चार वर्षभित्र छ हजार किलोमिटर सडक कालोपत्रे हुने

0
Shares

काठमाडौं, (नेस)
सरकारले चार वर्षभित्र छ हजारदेखि आठ हजार किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ । बिहीबारबाट शुरू भएको कनम्याक हेभी इक्युपमेन्ट प्रदर्शनीको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अब विकास निर्माणको कामले गति लिने भन्दै चार वर्षभित्र न्यूनतम ६ हजार किलोमिटर सडक पिच हुने दाबी गर्नुभयो ।

मन्त्री महासेठले भौतिक पूर्वाधारको विकासको लागि आधुनिक प्रविधिमैत्री मेसिन तथा टेक्नोलोजीबिना देशको विकास हुन नसक्ने बताउनु भएको हो ।
उहा“ले पूर्वाधार विस्तार गर्न र विकास निर्माणमा नया“ प्रविधिको उपयोग गरी तिव्र रुपमा निर्माणको लागि नेपाल निर्माण व्यवसायी महासंघलाई सुझावसमेत दिनु भएको छ ।

सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारालाई कार्यान्वयन गर्नको लागि अहिले विकास निर्माण अत्यावश्यक रहेकाले पूर्वाधार विस्तार र विकास गर्नुपर्ने मन्त्री महासेठको भनाइ थियो । उहा“का अनुसार पूर्वाधार विकास निर्माणमा सरकार अघि बढिसकेको र अब जनतालाई काम गरेर देखाउने समय आएको बताउनुभयो। नेपालमा जलमार्ग तथा रेलमार्गको विकासको लागि छिमेकी मुलुक चीन र भारतस“ग समन्वय भइसकेको र जलमार्गबाट जोड्न नेपाल र भारत दुई देशका प्राविधिक टोलीले नेपालमा काम शुरु गरेको बताउनुभयो ।

उहा“ले करिब एक हजार किलोमिटरको रेलमार्गको डीपीआर तयारको लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो ।