‘गलत कदमविरुद्ध नबोल्दा सरकार अधिनायकवादतर्फ’

0
Shares

यमलाल भुसाल, बुटवल
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गलत कदम विरुद्ध नबोल्दा सरकार थप अधिनायकवाद तर्फ लम्किएको बताउनु भयो । उहाँले केपी ओलीको विरोध गर्न किन डराएको भन्दै पार्टीका नेताहरुलाई प्रश्न समेत गर्नु भयो ।

नेपाली काँग्रेस महासमिती बैठक सन्दर्भमा राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि बिहिवार भैरहवामा आयोजित पाँच नम्बर प्रदेश स्तरीय कार्यशालाको उद्घाटन गर्दै सभापति देउवाले आफ्नै पार्टीका नेताहरु आफु विरुद्ध लागेपनि अधिनायकवादतिर लम्किरहेको केपी ओलीको विरुद्ध विरोध नगरेको बताउनु भयो । मुलुकमा हत्या बलात्कारका जस्ता घटना दिनप्रतिदिन बढ्दै गएपनि हाम्रा नेताहरु सरकारका गलत कदम प्रति बोल्न सकेका छैनन् उहाँले प्रश्न गर्दै भन्नु भयो अहिले मेरो विरुद्ध बोल्न सजिलो छ तर ओली विरुद्ध हाम्रो पार्टीको नेता किन बोल्दैनन् ।

उहाँले थप्नु भयो नेकपाका नेता माधव कुमार नेपाल केपी ओली विरुद्ध बोलिसके, के माधव नेपाल बोल्ने जति हिम्मत हाम्रो नेताहरुमा छैन् । नेकपा खिलाफ बोल्नुस, किन डराउनुहुन्छ ? सभापति देउवाले भन्नु भयो सरकार अधिनायकवाद तिर लम्किरहेकोले आफुहरु एकभएर अघि नबढे मुलुक संकटमा पर्ने बताउदैे कम्युनिष्ट सरकार विरुद्ध अन्तिम लडाई लड्नुपर्ने अवस्था आएको बताउनु भयो ।

उहाँले चुनावमा एमाले र एमाओवादी दुई पार्टी भएर पनि एक भएर लडे तर काँग्रेस एक पार्टी भएपनि आन्तरिक द्धन्द्धका कारण दुई पार्टी भएसरह लडेको कारण पराजित हुनुपरेको दावि गर्नु भयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान सरकारले काठमाण्डौँको खाल्टो समेत पुर्न नसकेको बताउँदै सरकार असफल भइसकेको बताउनु भयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका उहाँले सरकारले वर्षौ अघिको प्रहरी प्रतिष्ठान हटाउने प्रत्यन गरेको बताउँदै मुलुकमा शान्ति सुरक्षा समेत कायम गर्न नसकेको आरोप लगाउनु भयो । नेपाली काँग्रेस संसदिय दलका सचेतक बालकृष्ण खाँणले केपी ओलीले संविधानको खिलाफ काम गरिरहेको आरोप लगाउँदै मुलुकमा सरकार रहे÷नरहेको खोज्नुपर्ने अवस्था आएको बताउनु भयो ।