भैसिपालनबाट गुजारा टार्दै मिया दम्पत्ति

0
Shares

नेपाल समाचारपत्र, प्युठान
दक्षिणी प्युठानको सरुमारानी गाउपालिकाका एक मिया दम्पतीले भैँसीपालनबाट मासिक रु ३० हजार आम्दानी गर्दै आएका छन । बाङ्गेसालका जब्बरदिन मिया र उनकि श्रीमतीले एक वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गरिरहेको छ । स्थानीय बजारमा दूध बिक्री गर्ने उद्देश्यले उनिहरुले भैँसीपालन शुरु गरेका हुन । अहिले मिया दम्पतीले दैनिक ३० लिटर दूध बजारमा बिक्री गर्दै आएको छ ।

आधुनिक गोठ निर्माण गरि भैँसीपालन शुरु गरेपछि पर्याप्त आम्दानी लिन सकिएको उनिहरुको भनाइ छ । हाल उनिहरुसँग ५ वटा दुहुना भैँसी र पाडा रहेको छ । भैसिपालक कृषक मियांले अहिले बजारमा प्रतिलिटर रु ५५ मा दूध बिक्री गर्ने गरेको बताए । १३ बर्ष सम्म खाडी मुलुकमा काम गरि फर्केपछी गाउँ मै भैसिपालन थालेको उनले सुनाए। “पहिले म काम कै लागि धेरै भौँतारिएँ, अहिले भैँसीपालनबाट मनग्य आम्दानी भइरहेको छ,” उनले भने अब बिदेश जाँदिन।मिया दम्पतीले भैसिपालनका लागि ४ रोपनी जग्गा लिजमा लिइएर घाँस खेती गरिरहेका छ।

स्थानिय बजारमा दूधको आवश्यकता बढ्दै जाँदा भैँसीपालन उपयुक्त व्यवसाय हुने लागेपछि आफू यसतर्फ आकर्षित भएको मिया दम्पतीको भनाइ छ । ज्योती बिकास बैँकबाट १५ लाख रुपैयां ऋृण लिएर सिर्जना महिला व्याबसायिक भैसिपालन फर्म दर्ता गरि भैसिपालन थालेको मिया पत्नी जमिरन खातुनले बताईन। भैसिपालनबाट कमाई गरेका त छौ तर बैंक चर्को ब्याजको ऋृण तिर्दा तिर्दै हैरानी छ। खातुनले भनिन रु ८ लाख भैंसी पालनमा लगानी गरेका छौं। जिल्ला पशुसेवा कार्यालयले १ मुररा राँगा र स्थानिय सरुमारानी गाउपालिकाले ५० हजार अनुदान दिएको खातुनले जानकारी दिइन। यस्ले घाँस काट्ने मेसिन किनेको छु। खातुनले भनिन।

बजारमा बढिरहेको दूधको माग परम्परागत तरिकाबाट पूर्ति हुन सम्भव छैन । यही मौका छोपेका मिया दम्पती उद्यमीका रूपमा स्थापित हुन सफल भएका छन । अहिले मिया दम्पतीले कुखुरा फर्म दर्ता गरि लेयर्स पालन थालेका छन।