दार्चुला मिनिबस दुर्घटना अपडेटः दुइ जनाकाे मृत्यू, १८ जना घाइते

0
Shares

दार्चुला । मंसिर ०७ गते दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ ऐरिछानामा शुक्रबार विहान पौने ५ बजेतिर मिनि बस दुर्घटना भएको छ ।

मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगाका लागी छुटेको म १ ख ४३६ नम्बरको मिनिबस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दुर्घटनामा परी दुइ जनाकाे ज्यान गएकाे बताइएकाे छ । मृत्यूबारे प्रहरीले अाधिकारीक जानकारी दिएकाे छैन । बसमा सवार १८ जना घाइते भएकाे खबर प्राप्त भएकाे छ । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । विहीबार राती मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजनहरुलाई बोकेर खलंगा आइरहेको मिनिबस सडकबाट तिन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

अहिले सम्म उद्धार गरिएका १८ जना घाइतेलाई उपचारको लागि गोकुलेश्वर अस्पताल पठाइएको दार्चुलाका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए । बसमा कति जना सवार थिए भन्ने एकिन हुन सकेको छैन् । घट्नास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयले उद्धार गरिररहेका छन् ।

गएराती मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो । जात्रा हेरेर घर फर्कि रहेका मानिसलाई बोकेर सदरमुकाम खलंगा आउने क्रममा बस दुर्घटना भएको हो । घट्नाको पुर्ण विवरण अझै आउन सकेको छैन् ।