प्रतिपक्षको नजरमा सरकारको ९ महिना

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले वर्तमान सरकार गठन भएको ९ महिना पुगिसक्दा पनि कुनै काम गर्न नसकेको भन्दै चर्को आलोचना गरेको छ । वर्तमान सरकार कुरा बढी गर्ने काम केहि नगर्ने भन्दै काग्रेसले सरकारको रवैयाका कारण नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ? भन्ने प्रश्न उब्जिएको पनि जनाएको छ ।

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहिवार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरि वर्तमान सरकारले लोकतान्त्रिक सस्कृति, राष्ट्रबाद, संघीयता, सुसासन, मुल्यवृद्धि, शान्ति सुरक्षा, न्यायालय, संविधानप्रति अपनत्व र विस्तार तथा समृद्धिको यात्रा जस्ता महत्वपुर्ण विषयमा चासो नदेखाएको आरोप लगाउनु भएको छ । न्यायालय जस्तो साझा थलोमा समेत राजनैतिक आस्थाको अतिक्रमण गर्ने वर्तमान सरकारले सबै संवैधानिक निकायहरुलाई आफ्नो पार्टीको भातृसंगठन जस्तो बनाउन खोजेको आरोप लगाउदै प्रवक्ता शर्माले संघीयतालाई समेत असफल बनाउन लागेको आरोप लगाउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको वर्तमान सरकारले विना प्रतिस्पर्धा गेजुवालाई वुढी गण्डकी दिएको आरोप लगाउदै प्रवत्ता शर्माले निजगढ विमानस्थल कागजमै अलमल भएको केरुङ–काठमाण्डौं–रक्सौल, रेल चर्चा फायलमा बन्द भएको जस्ता आरोप लगाउनु भएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले मन्त्रिपरिषदको निर्णय ७ दिनमा सार्वजनिक गर्ने भन्ने सरकारी तयारी तत्कालै सूचनाको हक र पारदर्शिताको प्रतिवद्धता विपरीत भएको जनाएको छ । काग्रेसले यसप्रति विमति प्रकट गर्दै मन्त्रिपरिषदको निर्णय २४ घण्टामै सार्वजनिक गर्ने प्रवन्धका लागि आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा वर्तमान सरकारको आलोचना गर्दै प्रवक्ता शर्माले भन्नुभयो– विकासका सवै ठुला परियोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी संघीयताको मर्म प्रतिकुल भएको भन्दै यसले यसको प्रभावकारीलाई झनै असर पुग्ने बताउनु भएको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केहि साता यता निरन्तर गिरावट आएको भएपनि सरकारले स्वचालित मूल्य निर्धारण प्रणालीलाई प्रभावकारी कार्यान्वयन नसकेको काग्रेसको आरोप छ । वृद्धि हुँदा वोझ बोक्नुपर्ने नागरीकलाई मूल्य समायोजन गरी राहत दिन काग्रेसले माग गरेको छ ।

पत्रकार सम्मेलनमा वाइड बडी प्रकरणको वास्तविकता रहस्यमय बन्नु गम्भीर विषय भएको पनि जनाइएको थियो । काग्रेसले भनेको छ– हाइ प्mलाइ एक्ससँग जहाज खरीद गरीएको हो की नियोजित रुपले नयाँ दर्ता गरिएको सो कम्पनिले एयरबस सँग खरीद गरेर नेपाल एयर लाइन्सलाई भाडामा उपलव्ध गराएको हो ? सार्वजनिक खरीद ऐनको पालना भएको छ कि छैन ? । यस विषयमा गम्भीर घोटालाको आशंका माथी गहिरो छानविन गर्न कांग्रेस केन्द्रीय समितिले असोज २१ को वैठकबाट गरिएको माग लाई प्रवक्ता शर्माल पत्रकार सम्मेलनमो स्मरण गराउनु भएको थियो ।

बलात्कार पछि हत्या गरिएको निर्मला पन्तका मातापिता डेढ सातादेखि निरन्तर धर्नामा बसेर न्यायको खोजि गरि रहेका छन् भन्दै काग्रेसले भनेको छ– प्रधानमन्त्रीज्यू यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भई सकेको हो ?

काग्रेसले जयनगर–जनकपुर–कुर्था रेल सेवाको उद्घाटन भारतको एक राज्यका मुख्यमन्त्रिले गर्ने निश्चित भएको विषयले केहि गम्भीर प्रश्न जन्मीएको पनि जनाएको छ । कुनैपनि परियोजनको उद्घाटन दुर राष्ट्रका प्रधानमन्त्रीबाट संयुक्त रुपमा हुने या निश्चित विभागिय तहवाट हुने परम्परा र मर्यादा उलंघन गर्न मिल्दैन भन्दै नेपाल सरकारको गम्भीर ध्यानाकर्षण र सार्वजनिक जवाफको माग गरेको छ ।

विधान मस्यौदा पर्सिको बैठकमा पेश हुने
नेपाली काग्रेसको पर्सि आइतवार बस्ने केन्द्रिय समिति बैठकमा विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्तावित मस्यौदा पेश हुने भएको छ ।
काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमिति वैठक तयारीको मुल विषयमा केन्द्रीत रहेर आव्हान गरिएको सो बैठकमा महमन्त्री पुर्णवहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले देशभरबाट प्राप्त सुझावलाई समेत समेटिएको मस्यौदा प्रस्तुत गर्नुहुनेछ ।

मंसीर २८ देखि पुष ३ सम्म काठमाण्डौमा हुने नेपाली कांग्रेसको महासमिति वैठकको तयारी यतिवेला तिव्र गतिमा भई रहेको भन्दै प्रवक्ता शर्माले महासमितिको वैठक नेपाली कांग्रेस केन्द्रीय कार्यालयको प्राङगण सानेपामा गर्ने निश्चित गरीएको पनि जानकारी दिनुभएको छ । महासमितिमा प्रस्तुत गरीने राजनैतिक दस्तावेज एवं पार्टीको आर्थिक नितिका सम्वन्धमा प्रदेश स्तरीय अलगअलग छलफल सम्पन्न भएका छन् भन्दै उहाले पार्टीको विधानमा समसामयीक संशोधनका लागि देशमा १२ स्थानमा केन्द्रीकृत ढंगले सुझाव संकलन गरीएको बताउनु भएको थियो ।

महासमिति बैठकमा महामन्त्रीद्वारा प्रस्तुत गरिने सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्षको प्रतिवेदन आन्तरीक तयारीको अन्तिम क्रममा पुगेको बताइएको छ । प्रवक्ता शर्माका अनुसार केन्द्रीय समितिको सहभागिता संगै महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला नेतृत्व, भातृ एवं शुभेच्छुक संस्थाको नेतृत्व तथा शुभचिन्तक वुद्धिजिविहरु समेतको विचार समाविष्ट गरी छलफलवाट सवै दस्तावेज निर्माण अन्तिम क्रममा पुगेको छ ।