सरकार अहिले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा: गृहमन्त्री थापा

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर
जिल्ला प्रशासन कार्यालय भक्तपुरको अगुवाईमा आजदेखि सफा,स्वच्छ र सुरक्षित भक्तपुर जिल्ला अभियान सुरु भएको छ ।भक्तपुरको मनोहरापुल छेऊमा आज अभियानको सुरु गर्दै गृहमन्त्री रामबहादुर थापाले यो अभियानलाई देशैभर उदाहरणीय रुपमा अगि बढाउनुपर्ने बताउनुभयो ।

सरकार अहिले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा रहेको बताउनुहँदै समृद्धि बिना सुख संभब नभएको बताउनुभयो ।मदिरा अपराधको जड भएको र यसकै कारण दुर्घटना र महिला हिंसा समेत बढेको बताउँदै गृहमन्त्री थापाले मदिरा र लागुऔषधलाई नियन्त्रण गर्न तर्फ गृह मन्त्रालयले बिशेष चासो दिएको बताउनुभयो ।

पुर्ब मन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले नेपालकै नमुना सडकको रुपमा रहेको अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको ६ लेन सडकमा दुर्घटना हुने क्रम बढ्दै गए पछि ६ लेन सडकलाई केन्द्रित गर्दै यो अभियान संचालन गरिएकोे बताउनुभयो ।सांसद प्रेम सुवालले छ लेन सडकलाई सुरक्षित र जाममुक्त बनाउन भक्तपुर जिल्लाको पहल मात्र पर्याप्त नहुने भन्दै यसमा केन्द्र र प्रदेश सरकारको पहल समेत अपरीहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अभियान अन्तर्गत आज देखि एक महिनासम्म निरन्तर सुरक्षित ,सफा र ब्यबस्थित राजमार्ग अभियान संचालन गरिने जानकारी दिंदै राजमार्गलाई चुस्तदुरुस्त राख्न र्यापीड रोड रिपीयर टिम समेत गठन गरिने बताउनुभयो ।
अरनिको राजमार्ग सफाई अन्तर्गत दैनिक सुरक्षाकर्मी सहित एक सय जना खटिने बताउँदै प्रमुख जिल्ला अधिकारी भट्टले सामाजिक रुपान्तरण गर्न सवै तह र तप्काको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

भक्तपुरलाई जाममुक्त, सुन्दर, सरुक्षित तथा समद्ध बनाउने यो अभियानको मूख्य उद्देश्य रहेको छ ।शान्ति, सुरक्षा, अमनचयन कायम राख्नका साथै समृद्ध भक्तपुर निर्माण गर्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अभियान सुरु भएको हो ।

अभियानलाई सफलतापूर्वक सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयोजन समिति समेत गठन भएको छ । जसमा प्रतिनिधिसभाका सांसद प्रमुख सल्लाहकार रहने र प्रदेश सभाका सांसद सल्लाहकार रहनुभएको छ । सदस्यमा चारवटै नगरपालिकाका प्रमुख तथा जिल्ला संयोजन समितिका प्रमुख रहनुभएको छ ।

त्यस्तै प्रमुख सेनानी शिवप्रसाद पौडेलको संयोजकत्वमा कार्यान्वयन समिति समेत गठन गरेको छ । जसमा सवै नगरपालिकाका उपमेयर सदस्य रहनुभएको छ । राजमार्गमा सुरक्षित अभियान अन्तर्गत प्रहरीले सवारी साधनको गति सिमित गरौं, बाँचौ र बचाऔं“ भनेर जनसमुदायलाई जागृत गराउनुका साथै चालकहरुलाई सवारी संचालन, सडक लेन पालना, कानूनी कारबाही लगायतका बारेमा जानकारी दिन प्रशिक्षण सहितको अभिमुखिकरण कार्यक्रम पनि संचालन गरिने भएको छ ।