राम धामी, डडेल्धुरा
डाकेआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहीबार साँझ भएको स्कूल बस दुर्घटनामा यो समाचार तयार पार्दासम्म १७ जनाको मृत्यु र २७ जना घाइते भएको जानकारी प्राप्त भएको छ ।
डडेल्धुराबाट डोटी जाँदै गरेको से १ क २९३ नम्बरको उक्त बस दुर्घटनामा घाइते भएका २७ जनामध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । घाइतेहरुको उपचार डडेल्धुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रेसइनस्थित पीसजोन एकेडेमीको स्कुल बस दुर्घटना दुर्घटनामा परेको हो । बिहीबार अमरगढी नगरपालिका–८ स्थित प्रशिद्ध उग्रताराको भगवती मन्दिरमा लागेको मेला हेर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

मेला भरेर फर्किने क्रममा स्कुल बस दुर्घटनामा परेको थियो । बसमा करिब ३० जनाभन्दा बढी यात्रु सवार रहेको जनाइएको छ । बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको प्रहरीको भनाइ छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । उद्धारका लागि डडेल्धुराका प्रजिअ जोशी, प्रहरी प्रमुख डीएसपी डम्बरबहादुर केसीलगायत सुरक्षाकर्मीको टोली दुर्घटनास्थल पुगेको थियो । सदरमुकाम नजिकैको दह ब्यारेकस्थित गरुड दल गणबाट नेपाली सेनाको टोली समेत घटनास्थल पुगेर उद्धार कार्यमा सघाएको स्थानीय प्रशासनले जनायो ।
यसैबीच बस दुर्घटनाका घाइते बस दुर्घटनाका २० जना घाइतेको पहिचान भएको छ । घाइते हुनेहरु धेरै जसो युवायुवती रहेका छन् । घटनामा मृत्यु भएका १६ जनाको भने सनाखत हुन सकेको छैन ।
मृतक मध्ये १४ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साँवदले जानकारी दिए । उनी रातभरी घटनास्थलमै रहनेछन् । प्रहरीले घटनाको मुचुल्का पनि बनाइरहेको उनले बताए । कसरी दुर्घटना भयो भन्नेबारे अनुसन्धान हुने उनले बताए । उनले घाइतेहरुलाई तत्काल उद्धारमा लागेकाले कसरी दुर्घटना भएको भन्नेतर्फ केन्द्रित हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते २० जनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । सो अस्पतालमा हाल इन्द्र भुल (१६) सकायल डडेल्धुरा, माया रावल कोरायल खोला, रमेश भुल (१९) सकायल डडेलधुरा, सुनिता रावल (२०) कोरायल, विनोद किमाडी (१६) तल्लोसाल डोटी, पुरन भुल २० सकायल डडेल्धुरा, श्याम ओझा (२३) गोवघाट डोटी, भीम बलायर (३८) शिखर ६ डोटी,
सरिता बलायर (२९) शिखर १० डोटी, सोनिया रावल (१५) तिलनाली डोटी, सन्तोष रावल (१५) बन्डोसैनी डोटी, भरत बलायर (२०) बन्डोसैनी डोटी, नारद बलायर (१६) सेल्तडा डडेल्धुरा, इश्वरी दमाई गन्यापधुरा १ डडेल्धुरा, थानेश्व।र अवस्थी (२४) नवदुर्गा बेलापुर, हरिना बोहोरा (२१) तल्लिसाल डोटी, सावित्रा धामी (३८) डोटी, रमेश धामी (१७) शिखर १० डोटी, चक्रबहादुर बोहोरा (२४) गन्यापधुरा ३ डडेल्धुरा, डम्बरी भुल (१७) गन्यापधुरा ३ को उपचार भइरहेको छ ।
ट्याक्सी दुर्घटनामा दुईजनाको मृत्यु
इलामनगरपालिका १ स्थित साँखेजुङ्गमा बिहीबार दिउँसो ट्याक्सी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि वडाका ५६ बर्षिय कैलाश गुरुङ्ग र ४३ बर्षीय सुमन खनाल रहेका छन् ।
इलाम बजारबाट शान्तिडाँडा वाफरुङतर्फ जाँदै गरेको मे१ज ८१८ नम्बरको टयाक्सि दिउँसो ४ः४५ बजे सडकबाट करिब एकसय मिटर तल खस्दा दुईजनाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दुर्घटनामा ट्याक्सि चालक देउमाई नगरपालिका ६ का ३० बर्षिय रमेश गुरुङ्ग, सोहि ठाउँका २० बर्षिय सहचालक सुनील गुरुङ्ग र २६ बर्षिय तुलसि कुमार बस्नेत घाइते भएका छन् । उनीहरुको इलाम अस्पतालमा उपचार भइरहेको छ ।











प्रतिक्रिया