केयूका १५ सय भन्दा बढी दीक्षित हुँदै

0
Shares

नेपाल समाचारपत्र, काभ्रे
काठमाडौ विश्वविद्यालयको २४ औ दिक्षान्त मार्फत मेडिकल तर्फका एकहजार ५५ जना विद्यार्थी दिक्षित हँुदैछन् । स्कुल अफ मेडिकल साइन्सेज कार्यक्रमको दिक्षान्त समारोह आज शुक्रवार हुँदैछ ।

यस वर्ष (सन् २०१८ मा) मात्रै १ हजार ५ सय ५५ जना विद्यार्थी दिक्षित हुने विश्वविद्यालयका डीन एवं प्राडा राजेन्द्र कोजुले जानकारी दिनुभयो । उहाँका अनुसार एमविविएस तर्फ ९ सय ६९ दिक्षित हुँदैछन भने विडिएस तर्फ १ सय ६६, विएस्सी नर्सिङ्ग तर्फ १ सय ८२, विएनएस तर्फ १८ र विपिटी तर्फ २२ विद्यार्थी दिक्षित हुँदैछन् ।

त्यस्तै एमडी÷एमएस÷एमडिएस÷एमएससी÷एमसिएचमा १ सय ९८ जना विद्यार्थी दिक्षित हुने विश्वविद्यालयले जनाएको छ । यो विश्वविद्यालयको २४ औं दीक्षान्त सम्ममा स्कुल अफ मेडिकल साईन्सेज अन्तर्गत स्नातकोत्तरमा १ हजार ८ सय २३, एमबीबीएसमा १० हजार ५१, बीडीएसमा ४ सय ३८ जनशक्ति तयार भइसकेका छन् । त्यसैगरी स्नातक तहको नर्सिङ्गमा १ हजार ४ सय १३ र स्नातक तहका फिजियोथेरापी ६६ जना गरी कुल १३ हजार ७ सय ९१ जना मेडिकल र सो संग सम्बन्धित जनशक्ति उत्पादन भइसकेका छन् । विश्वविद्यालयले एमविविएस कार्यक्रममा ९ सय भन्दा धेरै विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको छ ।