काठमाडाैं । दार्चुलाको मालिकार्जुनमा बस दुर्घटना भएकाे छ । मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगा आइरहेको म १ ख ४३६ नम्बरको बस दुर्घटना भएको छ । गएराती मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजनहरुलाइ ल्याएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अहिलेसम्म उद्धार गरिएका १६ जना घाइतेलाई उपचारको लागि गोकुलेश्वर अस्पताल पठाइएको डिएसपी नवराज अधिकारीले बताउनुभयो ।
बस सडकबाट तीन सय मिटर तल खसेको छ । बसमा कति जना सवार थिए भन्ने एकिन भएको छैन् । घट्नास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयले उद्धार गरिररहेका छन् ।
गएराती मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो । जात्रा सकाएर दार्चुला सदरमुकाम आउने क्रममा बस दुर्घटना भएको हो । घट्नाको पूर्ण विवरण आउन सकेको छैन् ।











प्रतिक्रिया