त्रिभुवन विमानस्थलको पूर्वाधार मुल्याङ्कन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधारको र व्यवस्थापनको मुल्याङ्कनको कार्य शुरु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, पँर्वाधार तथा विषयमा मुल्याङ्कन गर्नको लागि एयरपोट काउन्सिल इन्टरनेशनल (एआईसी)ले मंगलवारदेखि मुल्याङ्कन अध्ययन सुरु गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा अन्तर्राष्ट्रिय कार्यालयहरुको छाता संगठन एयरपोर्ट काउन्सिल इन्टरनेसनल (एसीआई) को विज्ञको टोली पहिलोपटक विमानस्थलको मुल्यांकन निरीक्षण गर्नको लागि आएको विमानस्थलका प्रवक्ता प्रतापबावु तिवारीले जानकारी दिनुभयो ।

एयरपोर्ट काउन्सिल इन्टरनेसनल (एसीआई)ले सन् २०१२ मा चलाएको एयरपोट एक्सेलेन्ड उडान र हवाई सुरक्षाको अभियान अन्तर्गत विमानस्थलको मुल्याङ्कन गर्न बोलाइएको प्रवक्ता तिवारीको भनाई रहेको छ । विज्ञ टालीले पाँच दिन लगाएर विमानस्थलको पुर्वाधार, धावनमार्ग, ट्रायक्सि वेय पाकिङ्ग, सुरक्षा स्थिति, विमानस्थलमा हवाई चाप, विमानस्थलको व्यवस्थापन, विमानस्थल वरपर पशुपन्छी वन्यजन्तुको आगमनको अवस्था मुल्याङ्कन गरी अध्ययन निरीक्षण गर्ने र सुझाव दिने निर्देशिका रहेको छ ।

सोही विज्ञले दिएको निर्देशन र सुझावको आधारमा रहेर विमानस्थल कार्यालयले आधारमा विमानस्थलले सुधार गर्नुपर्ने विषयहरु सुधार गर्दै जाने छ । त्यसैगरी आवश्यक संरचनाहरु थप गर्दै विमानस्थलको स्तरोन्नति गर्दै जाने प्रवक्ता तिवारीले बताउनुभयो । विमानस्थलको मुल्याङ्कन सुरक्षा गर्नेको लागि डिन्क गेउकेने, महादेवा भेरियर गिरीसन, पँभेल्ली सुकुमारन, इर्मेन्दो सिल्भा, राजेश नुम्बायुड्याथ, अजित कुमार, राकेश कुमार, र मोहम्मद फैजल अब्दुल करीम, सहितको टोलीले अनुगमन सहित सुझाव दिनुहुने छ ।

एयरपोर्ट काउन्सिल इन्टरनेसनल (एसीआई)को नेपाल पनि सदस्य राष्ट्र हो । एसीआईले विमानस्थलको सुधारको लागि जनशतिलाई तालिम समेत प्रदान गदै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एसीआई सँग साझेदारी गर्दै प्राधिकरणको विज्ञहरुलाई समेत अन्य राष्ट्रको विमानस्थल मुल्याकनमा सहभागी गराउदै ज्ञान सीप प्रदान गदै आएको छ ।

एसीआईले दिएको सुझावलाई विमानस्थलले सुधार गदै जादा अन्तर्र्रािष्ट्रय नागरिक उड्डयन सङ्गठन (आईकाओ) सेकुरेटी अडिटलाई समेत सहयोग पुग्ने विमानस्थल कार्यालयले जनाएको छ ।