नेपाली काँग्रेसलाई पुनर्जीवन दिने नेतुत्वको खोजी जरुरी: पूर्व महामन्त्री सिंह

0
Shares

यमलाल भुसाल, बुटवल ।

नेपाली कांग्रेस पूर्व महामन्त्री तथा केन्द्रिय सदस्य प्रकाशमान सिंहले नेपाली काँग्रेसलाई पुनर जिवन दिने नेतुत्वको खोजी जरुरी रहेकोे बताउनु भयो ।

पार्टीको १४ औं महाधिवेशनमा त्यस्तो नेतुत्वको खोजी गरिने र जनताको चाहना पुरा गर्ने उहाँले बताउनु भयो ।

प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले जनताको म्यान्डेट अनुसार नत बतमान सरकार चलेको छ नत नेपाली काँग्रेस चलेको छ भन्नु भयो । अब सबैलाई समेट्ने तथा विधिविधान अनुसार चल्ने नेतृत्व कार्यकर्ताले खोजेको उहाँको कथन थियो ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई विधान विपरीत संचालन गरेको बताउदै उहाँले
विधानमा दुई जना उपसभापति राख्ने ब्यवस्था नै नभएकोमा कसरी राखियो भनी प्रश्न गर्नु भयो । ‘नेतृत्वले विधान विपरीत बहुमतको आडमा मनपरी गरेको छ, यसलाई सच्याएर अगाडि बढ्नुपर्छ ।’उहाँको कथन थियो ।

कांग्रेस नेता सिंहले वर्तमान सरकार संघीयतालाई संस्थागत गर्न असफल रहेको धारणा राख्नु भयो ।

सरकारको गतिविधि संघीयतालाई संस्थागत गर्ने पक्षमा नदेखिएको भन्दै उहाँले भन्नु भयो, ‘जनताले यो सरकारबाट धेरै आशा गरेका थिए तर, सबै दृष्टिबाट सरकार असफल भैईसकेको छ ।’

दुई तिहाई वहुमतको सरकारले ९ महिनामा करिव ८ प्रतिशत मात्र विकास वजेट खर्च गर्नु असक्षमताको प्रमाण भएको बताउदै उहाँले सरकार हरेक क्षेत्रमा असफल भएको दावि गर्नु भयो । जनताका सुबिधा कटौती गर्ने र राज्यका संस्थाहरुको सुबिधा बढाउने प्रवृतिको अन्य गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।