काभ्रे(नेस),
धुलिखेल नगरपालिका वडा नं. १२ स्थीत शंखुपार्टीचौरको शान्ति बाटिकामा अखण्ड दिपप्रज्वलन गरिएको छ ।
धुलिखेल नगरपालिकाका नगर उपप्रमुख विमला शर्माले दिप प्रज्वलन गर्दै सबै जातजातिको धर्म फरक भए पनि दिप सबैको भएकाले यसमा सहभागी र निरन्तर सहयोग गर्न आग्रह गरेकी थिईन् । कार्यक्रमम बोल्दै शर्माले शान्ति सबैको लागी चाहिने र विश्व शान्तिका लागी दिप प्रज्वलन गरिएकाले यस बाट सबै क्षेत्रमा शान्ति छाउने विश्वास गरिन् ।
धर्म गुरु कान्छा लामाले शान्ति बाचन पुजा गरी दिप प्रज्वलन गरिएको थियो । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले भौतिक, आध्यात्मिक शान्तिका लागी दिप प्रज्वलन आवश्यक रहेको बताएका थिए ।
पहिला आफ्नै मन शान्ति हुनु पर्छ, अनि सबै क्षेत्र शान्ति हुन्छ, दिप एउटा शान्तिको प्रतिक भएकोले विश्व शान्ति हुने विश्वास उनले ब्यक्त गरे । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रविन्द्र कर्मचार्य, वडा नम्वर ५ का अध्यक्ष गंगासागर रञ्जित, वडा नम्वर १० का अध्यक्ष पुष्प राउत, चेष्टा साप्ताहिकका कार्यालय प्रमुख लक्ष्मण तिमल्सिना, ब्रम्हकुमारी राजयोग सेवा केन्द्रकी सबिता रेग्मी, स्वामी कल्याण मित्र, विभिन्न सघं सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
धुलिखेल वडा न.१२ का वडा अध्यक्ष हर्कजित लामाले अन्धकार बाट उज्यालोमा जान, अज्ञान बाट ज्ञानी हुन, अशान्ति बाट शान्ति छाउन र विश्व शान्तिका लागी अखण्ड दिप प्रज्वलन गरिएको बताए दिप प्रज्वलन जिल्लाकै नमुना र पहिलो भएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि उनले वडामा स्वागत गर्ने बताए । वडा सचिब गोविन्द सापकोटाले दिप प्रज्वलनका लागि वडा र नगरपालिकाले सहयोग र समन्वय गर्ने बताए ।











प्रतिक्रिया