पोखरा ।
भारतको चर्चित गायन रियालिटी शो ‘सारेगमप’ लिटल च्याम्पमा पोखराकी १४ वर्षिय ममता गुरुङ छनोट भएकी छिन् ।
सारेगमप लिटल च्याम्पले मोबाइल एप मार्फत लिएको अडिसनबाट उनि छनोटमा परेकी हुन् । नेपालबाट छनोटमा परेका १० प्रतियोगीहरुमध्ये ममता अडिसनको दोश्रो चरणमा प्रवेश गरेकी छिन ।
सानैदेखि गीतसंगीतमा सौखिन ममता अर्को चरणको अडिसनका लागि बुधबारनै भारतको दिल्ली प्रस्थान गर्दै छिन् । कास्की स्थायी घर भइ हाल पोखरामानै आफ्नो परिवार सँगै बस्दै आएकी ममता पोखराबाट स्थापित गायन रियालिटी शो छैठौं संस्करणको ‘बिग आइकन’ की उत्कृष्ट ८ प्रतिस्पर्धी हुन ।
नेपालमानै भएको अर्को गायन रियालिटी शो ‘सुरशाला आइडल जुनियर’को फाइनलिष्ट समेत रहेकी ममतामा हरेक खालको गीतलाई गाउन सक्ने क्षमता रहेको बताउछन् गायक एवं ममताका संगीत कोच बिनोद बानियाँ । बानियाँकै निर्देशनमा रहेर ममताले सारेगमप लिटल च्याम्पको आगामी अडिसनको लागि तयारी गरिरहेकी छिन् ।
बाबा मुन्ना गुरुङ र आमा माया गुरुङको राम्रो साथ पाएकी ममताको आवाज गडगिफ्टेड भएको बानियाँले बताएका छन् । उनका अनुसार ममताको आवाज सुरिलो छ । ममताको दिमाख पनि तेज छ । उनले गाएको सुन्दा जो कोहि पनि मनमुग्ध हुने गर्छन । स्वरकी धनी ममता निकै सरल र नम्र स्वभावकि छिन ।
भारतको चर्चित टेलिभिजन जिटीभीबाट प्रसारण हुने ‘सारेगमप लिटल च्याम्प’ को अर्को चरणको अडिसन यहि २४ नोवेम्बरमा हुने ममताले बताइन । उनले भनिन, हल्का डर सँगै कन्फिेडिन्ट पनि छ । राम्रो गर्ने प्रयास गर्ने छु । आशा छ राम्रै होला ।











प्रतिक्रिया