मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको बेलडाँडी गाँउपालिका कार्यालयमा मंगलबार खबरदारी समितिले ताला लगाएको छ । बिहान ११ बजे कार्यालय समयमा कर्मचारी तथा जनप्रतिनिधीले नियमित कार्यसम्पादन गरिरहेका समयमा नै उक्त समितिले ताला लगाएको हो ।
स्थानीय शान्ती नाथको संयोजकत्वमा रहेको खबरदारी समितिले अनावश्यक र पुर्वाग्रही ढङ्गले कार्यालयको कामकाज ठप्प पारेको बेलडाँडी गाँउपालिकाले विज्ञप्ति मार्फत जनाएको छ ।
उक्त खबरदारी समितिले सूचना बिनानै गाँउपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र जनप्रतिनिधीहरुलाई बाहिर निकाल्दै अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष लगायत कर्मचारी कक्ष र गाँउपालिकाको मूल गेटमै तालाबन्दी गरेको होे ।
तालाबन्दी बिहान ११ बजे देखि बेलुका ५ बजे सम्म पनि नखोलेको हुनाले गाँउपालिकाले तालाबन्दीबाट पर्न गएको असर प्रती खेद व्यक्त गरेको छ । साथै कार्यालयमा हुने सम्पुर्ण प्रकारका क्षतीको जिम्मेवार आन्दोलनकारी समुह नै हुने बेलडाँडी गाँउपालिकाले विज्ञप्ति मार्फत जनाएको छ ।











प्रतिक्रिया