हेटौंडा ।
माधवराज सुमार्गी ट्रष्टले साधुलाई भोजन तथा कम्बल बितरण गरेको छ । सुमार्गी ट्रष्टको आयोजनामा वर्षेनी हरिबोधनी एकादशीको दिन अन्य ठाउँबाट मकवानपुरको भैंसेस्थित त्रिखण्डीमा आएका साधु तथा लामालाई भोजन तथा कम्बल बितरण गर्ने गरिएको हो ।
मकवानपुरका लायन्स क्लब अफ हेटौंडा भुटनदेवी, लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ, लायन्स क्लब अफ हेटौंडा मनकामना र लायन्स क्लब अफ हेटौंडा भुटनदेवी जोडाजोडी क्लब तथा लियो क्लब अफ भुटनदेवीको समन्यवमा ३० जना बाबा तथा लामालाई भोजन तथा कम्बल बितरण गरिएको हो ।
लायन्स रिजन सेकेण्ड चियरपर्सन अंकिता सुमार्गीले बाबाहरुलाई एक सय पाँच रुपियाँ दक्षिणा प्रदान गर्नुभएको थियो । लायन्स रिजन फस्ट चियरपर्सन टासीडोल्मा तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि माधवराज सुमार्गी ट्रष्ट सञ्चालक अरुणराज सुमार्गी, महामण्डलेश्वर कविता गिरी, लियो क्लब अफ भुटनदेवी अध्यक्ष अनिल अधिकारीलगायतको उपस्थिति थियो ।











प्रतिक्रिया