हेटौंडा, (नेस) ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले होटलमा अवैधरुपमा रक्सी बेच्ने ब्यापारीलाई जरिवाना गरेको छ ।
मकवानपुरको मनहरि गापा वडा नम्बर ६, लोथर स्थित स्टोनपार्क भिलेज होटलका सञ्चालकलाई जरिवाना गरेको हो । खाना र खाजा खुवाउने उक्त होटलमा अनधिकृतरुपमा मादकपदार्थ (रक्सी) बिक्री गरिरहेको अबस्थामा होटल सञ्चालक वर्ष २३ का सुनिल श्रेष्ठलाई पक्राउ गरिएको थियो ।
होटलको कागजात चेक गर्दा राजस्व छलिगरेको पाइएकोले राजस्व दाखिलाका लागि आन्तरिक राजस्व कार्यालय हेटौंडामा पठाएको थियो । उनलाई एघार हजार सात सय पचास रुपियाँ जरिवाना गराएर छाडिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया