पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुर नगरपालिकाको दरबार स्क्वायरस्थित श्रीपद्म प्राङ्गनमा जिल्लाब्यापी भलिबल प्रतियोगीता सुरु भएको छ ।
श्रीपद्म माबिको ९५ औं तथा पद्म कलेजको ९ औं बार्षिकोत्सवको अवसरमा भक्तपुर जिल्लाब्यापी छैठौं पद्मकप भलिबल प्रतियोगीता सुरु भएको हो ।
४ दिनसम्म संचालन हुने प्रतियोगीतामा जिल्लाका ९ वटा बिद्यालयले भाग लिएको माबि तथा कलेजका प्राचार्य राम हाडाले बताउनुभयो ।
यस अघि कार्यक्रमको एक समारोहकाबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष निरोज मास्के,जिल्ला शिक्षा तथा समन्वय अधिकारी हरी दाहाल,ब्यबस्थापन समितिका अध्यक्ष बाबुराजा जोशी लगायतले प्रतियोगीताको सफलताको कामना गर्नुभयो ।
प्रतियोगीतामा पहिलो,दोस्रो र तेस्रो हुने टोलीलाई क्रमश ः१२ हजार,७ हजार र ४ हजार नगद र कप सहित पुरस्कार प्रदान गरिने प्राचार्य हाडाले बताउनुभयो ।
बिजयी सबैलाई मंसिर ८ गते बिद्यालयमा शिक्षामन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा आयोजना हुने बार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने हाडाले जानकारी दिनुभयो ।उहाँले बार्षिकोत्सव कार्यक्रममा पुर्व शिक्षक,पुर्व बिद्यार्थी ,पुर्व कर्मचारी लगायत बिद्यालयका शुभचिन्तक सबैलाई सहभागीताका लागि आग्रह गरिएको बताउनुभयो ।











प्रतिक्रिया