९ केजी चरेस सहित झाक्री पक्राउ

0
Shares

नेपाल समाचारपत्र, रोल्पा ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले ९ केजी ३ सय ग्राम चरेस सहित एक महिलालाई पक्राउ गरेको छ ।

रोल्पा थबाङ गाउपालिका वडा नं. २ बस्ने दिल कुमारी झाक्री (घर्ति)लाई प्रहरीले पक्राउ गरेको हो ।

थबाङ बाट बिक्रिका लागि भनेर बसमा लुकाउ छिपाई ल्याएको चरेस विशेष सुराकीको आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख दिपक खड्काले जानकारी दिए ।

जिल्लाको विभिन्न स्थानमा प्रहरीको चेक जाँचमा कडाई गरिरहेको अवस्थामा पनि लुकाई छिपाई यस्तो कारोवार हुन्छ भन्ने विशेष सुराकीको आधारमा चेकजाच गर्दा झाक्रिलाई पक्राउ गर्न सफल भएको उनले बताए । अहिलेको बजार मूल्य अनुसार १० लाख बराबरको चरेस भएको उनले बताए ।

यस व्यवसायीमा के कति जना संग्लन रहेको अनुशन्धान पछि खूल्ने खड्काले जानकारी दिए ।