छाउगोठ मुक्त हुदै कालिकोटका स्थानीय तह


कालीवहादुर मल्ल, कालिकोट । समाजमा महिला माथि हुने हिंसा र बिभेदको रुपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्ने अभियान यतिवेला स्थानीय तहहरुमा चलिरहेको छ । यसै अभियान अन्तरगत शुक्रबार जिल्लाको खाडाचक्र नगरपालिका वडा नम्वर ९ र १० पाँखा तथा चौकी गाउँलाई छाउगोठ मुक्त गाउँ घोषणा गरिएको हो ।

यि गाउँहरुमा रहेका छाउ गोठ भत्काएर महिनावारी भएका महिलाहरू सुरक्षित रुपमा घर भित्रै बस्न थालेपछि उक्त गाउँलाई भव्य समारोहका विच छाउगोठ मुक्त घोषणा गरिएको खाँडाचक्र नगरपालिका–९ का वडाध्यक्ष गोविन्द मल्लले वताए ।
यस नगरपालिकामा रहेका ११ वटा वडा मध्ये ५ र ८ यस अघिनै घोषण भइसकेको सहजिकरण गरिरहेको सस्था एक्सन वर्कस विग्रुपका जिल्ला संयोजक दमिला शाहीले वताइन ।

छाउगोठमुक्त वडा घोषण कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभास सदस्य दुर्गवहादुर रावतले समाजमा जगडिएर रहेको छाउपडी प्रथा जस्तो कुप्रथाको अन्त्य गर्नका लागि राज्यका निकायनै सक्रिय हुनु पर्ने धारण राखे । उनले विगत माओवाी जनयुद्धका क्रममा पनि आफूहरुले महिला माथि हुने विभेदको अन्त्य गर्ने अभियान थाले पनि फलदाई नभएकाले राज्यका निकायको प्रयास विना सम्भव नरहेको जानकारी गराए ।

कार्यक्रममा छुवाछुत प्रथा नमान्ने, छाउ गोठमा नबस्ने, खान बस्नमा विभेद नगर्ने दुवै वडाबासीहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् ।
घोषणा सभामा छाउगोठ मुक्त वडा कार्यक्रममामहिलाहरुलाई महिनावारी भएको समयमा सुरक्षितबास र पोषिलो खानेकुरा खुवाउने र घर बाहिर नबसाल्ने सबैले वाचा गरेका छन् ।

यस्तै नगरपालिकाकी उप प्रमुख विजया विष्टल छाउपडी प्रथा न्यूनिकरणका लागि सामुहिक अभियान थाल्नु पर्नेमा जोड दिइन् । उनले, सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथालाई न्युनिकरण गर्न सवै वडामा अभियान चलाउनु प्रर्नेमा जोड दिइन ।
खाडाचक्रनगरपालिकाको वडा नं. ९ र १० पाखामा रहेका ७ सय ११ घरधुरीहरु अब छाउगोठमुक्तभएको वडाअध्यक्ष मल्लले बताए ।

परम्परादेखि प्रचलनमा रहेका सकारात्मक कुराहरुरुको संरक्षण र गलत कुराहरुको अन्त्यगर्न चुनौति रहेको छाउगोठ विरुद्ध स्थानीय सहजकर्ता अविसरा अधिकारीले वताइन । साथै उनले नगरपालिकाका वडामा रहेका सबै सरोकारवालाहरुको सहयोगमा छाउगोठ मुक्तगाउँबनाउन सहज भएको वताइन ।
कार्यक्रका सहभागिहरुले यस गाउँका स्थानीयले यसलाई कुसंस्कारका रुपमा बुझेर छाउगोठ मुक्त वडा बनाउन सफलभएको बताउदै अभियानलाई घोषणामै मात्र सिमित नगरि कार्यन्वन जोड दिनु पर्ने वताए ।