प्रेस युनियनमा बिद्रोह सुरु,पत्रकार रिजालद्धारा राजिनामा


प्यूठान ।
प्रेस युनियन प्युठानका संस्थापक तथा पुर्व अध्यक्ष सञ्जय रिजालले राजिनामा दिएका छन् । स्वतन्त्र ढंगले पत्रकारिता गर्ने भन्दै उनले केन्द्रीय पार्सद सहित प्रेस युनियनकाे सम्पुर्ण जिम्मेवारिबाट राजिनामा दिएका हुन ।

शुक्रवार सम्पन्न प्रेस युनियनको जिल्ला अधिबेशन आफुलाई केन्द्रीय पार्षदमा थाहै नदिइ चयन गरेको पत्रकार रिजालले बताए। “म खुल्ला सत्रमा सहभागी थिए।” कार्यक्रम सुन्न गएको हुं।” उनले भने म बन्द सत्रमा थिईन, केन्द्रीय पार्सद बनाईएछ, मलाई थाह थिएन।

यश अघि पनि पत्रकारिता गर्दा राजनिती कहिलै नगरेको भन्दै आगामी दिनमा समेत पत्रकारितामा स्वतन्त्र तवरले निरन्तर लाग्ने उनले बताए
पछिल्लो समय संगठनको नीतिनियम भन्दा पनि राजनितिक दल र तिनका नेताको निर्देशन र नेताको चाकडीको आधारमा आ—आफ्ना मान्छेलाई टीका लगाएर संगठन बनाउने र चलाउने परिपाटी झाङ्गिएको भन्दै यस्ले पत्रकारिताको मर्म समेत ओझेलमा पर्दै गएको उनको ठहर छ। नयाँ नेतृत्व चयनमा सर्वसम्मतिको नाममा राजनितिक हस्तक्षेप लादिएको प्रति उनले चिन्ता ब्याक्त गरे ।

पंचायतमा मिसन पत्रकारिता चल्थ्यो, पत्रकार रिजालले भने लोकतन्त्र आएपछि यस्मा हस्तक्षेप बढेको महसुस भएको छ। दलका शुभेच्छुक संगठनमा मात्र नभई नेपाल पत्रकार महासंघमा समेत कहि न कहि यस्को असर भएको उनले उल्लेख गरे । रिजाल जिल्लाबाट प्रकाशित हुने माण्डवी साप्ताहिकका प्रकाशक सम्पादक र नेपाल पत्रकार महासंघका प्रदेश पार्सद हुन। उनी झण्डै २ दशक देखि पत्रकारितामा क्रीयाशील रहदै आएका छन।

उता शुक्रवार सम्पन्न अधिबेशनबाट युनियनका बहुमत सदस्य रुष्ट्र बनेका छन। संगठनको विधि प्रक्रीया र अधिबेशनमा राजनितिक हस्तक्षेप गरिएको भन्दै युनियन सम्बद्ध क्रीयासिल पत्रकारहरु बाहिरिएको प्रेस युनियनका पुर्व जिल्ला सचिब सिटि पोख्रेलले जानकारी दिए। उनले आज साझ सम्म आधिकारिक रुपमा सामुहिक धारणा समेत बनाउने तयारी भएको उल्लेख गर्दै आफुले पनि प्रदेश सदस्यबाट राजिनामा दिएको उल्लेख गरे।