​एक लाख घुससहित प्रहरी पक्राउ


काठमाडौं ।
एक लाख रुपैयाँ घुससहित एक प्रहरी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरा पक्राउ परेका छन् । नेपालबाट उत्पादित पानमसालाजन्य पदार्थहरु विभिन्न ठाउँमा पठाउन सहज गराईदिने भन्दै उनले घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा, मकवानपुरबाट खटिइ गएको टोलीले उनलाई बारा कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित देवकीलाल धर्मशालाबाट शुक्रबार पक्राउ गरेको हो ।
प्रहरी नेतृत्व कमजोर हुँदा नेपाल प्रहरी भ्रष्टाचार बढ्दै गएको छ ।