सुनचाँदीको मूल्य बढ्यो


काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ४ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आइतबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले बढेको छ ।शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।