सरकारले राजदूत थापालाई फिर्ता बोलायो, शाक्यको नाम सिफारिस

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले इजरायलका र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

कार्तिक २५ गते आईतबार बसेको बैठकले सो निर्णय गरेको विहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा सञ्चार मन्त्री गोकुल बा“स्कोटाले जानकारी गराउनुभयो ।

इजराईलका राजदूत निरञ्जन थापा र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउन निर्णय गरेको हो ।उहा“हरुलाई तीन साताको म्याद दिइएको छ ।

इजराईलको राजदूत पदमा अञ्जान शाक्यलाई सिफारिस गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

सरकारले सोही दिन भारतका लागि नेपाली राजदूतमा निलाम्बर अचार्य, मलेसियाका लागि राजदूतमा उदयराज पाण्डे र यूएईका लागि नेपाली राजदूतमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले तत्कालीन राजा वीरेन्द्र र उहा“को परिवारको नाममा रहेको करिव ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याउन निर्णय गरिएको छ ।साथै सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ता बीच भएको झडपमा मृत्यु भएका रामविलास महतोको परिवालाई १० लाख राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।

मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकको जानकारी अबदेखि हरेक साता सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर दिइने पनि बताउनुभयो ।मन्त्री बास्कोटाले निणय गरेको २४ घन्टापछि जानकारी दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

साथै साप्ताहिक रूपमा गरिने पत्रकार सम्मेलनमा विभिन्न विषयगत मन्त्रालयका प्रवक्ता पनि सहभागी हुने पनि बुझिएको छ ।