पृथ्वीराजमार्गको बेनिघाटरोराङ दुर्घटनामा चालकको मृत्यु, ३१ घाइते


धादिङ । धादिङ जिल्ला स्थित पृथ्वीराजमार्गको बेनिघाटरोराङ गाउँपालिका वडा न.ं ३ मालिंगामा शनिबार दिउँसो दुईओटा सवारी साधन एक आपसमा ठक्करखाँदा एक जना चालकको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् ।

नारायणघाटबाट काण्ठमाण्डौतर्फ आउँदै गरेको बा ७ ख ५२८१ न.ंबरको यात्रुबहाक बस र काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको बा १ प ९७७ नम्बरको पर्यटक बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।
मयत्यु हुनेमा चितवन जिल्ला पिप्ले निवासी ४० वर्षीय इश्वर भण्डारी रहेका छन् । उहाँ ना ७ ख ५२८१ नम्बरको बस चालक रहेको प्रहरीले जानकारी दिएको छ । घाइते भएका चालकलाई उपचारका लागि गजुरी लागिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घाइतेहरुमध्ये १८ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा र १३ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
दुर्घटनापछि केही बेर राजमार्ग अवरुद्ध भएकोमा प्रहरीले दुर्घटनाग्रस्त गाडी पाखा लगाएर राजमार्ग संचालनमा ल्याएको छ ।